दुहबी नगर अस्पतालबाट थप सेवा प्रदान गरिदै

  • असार २५, २०७९ / नेपाल रेखा
alt

प्रेम गिरी
दुहबी । सुनसरीको दुहबी नगरपालिकाले संचालन गरेको दुहबी नगर अस्पतालमा अबदेखि थप नयाँ ३ किसिमका सेवाहरु बिस्तार गरिने भएको छ । नगर अस्पतालमा गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अस्पताल सन्चालक समितिका अध्यक्ष तथा दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले उक्त कुरा बताएका हुन् ।
नयाँ आर्थिक बर्षदेखि थप गरिने सेवाहरुमा सुरक्षित गर्भपतन, प्रसुति र सर्पदंस उपचार सेवा रहेको र ती मध्य सुरक्षित गर्भपतन सेवा आगामी श्रावण १ देखिनै सन्चालनमा ल्याइने र बाँकी २ उपचार सेवा आर्थिक बर्षको प्रथम चौमासिक कै २ महिना भित्रमा सन्चालनमा ल्याइने, यसको आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य शाखालाई निर्देशन दिइ सकेको उनले बताए ।
प्रचन्ड गर्मीमा पनि टिनको छानामुनि बसेर अहोरात्र नगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पताल कर्मचारीलाई आभार प्रकट गर्दै चाँडै नै सुबिधा सम्पन्न अस्पतालमा सार्न आफु अस्पताल निर्माणमा तिव्र गतिमा लागेको बताउदै उनले कर्मचारीहरुको मनोबल गिर्न नदिने, आफू सदैब सुरक्षा कवचको रुपमा खडा रहेको तर कर्मचारीहरुले सेवाग्राहि माथि दुव्र्यवहार गरे, अपशब्द बोले अथवा अस्पतालको चेन अफ कमान्ड बाहिर जान खोजे यस्ता गतिबिधि अक्षम्य रहेको साथै दण्ड र पुरस्कर दुबैको ब्यवस्था हुने कुरा गच्छादारले बताएका छन् ।
उनले बिगतमा सन्चालन रहेका इमर्जेन्सी वार्ड, ल्याब, फार्मेसी, जनरलवार्ड, लगायतको निरिक्षण गर्दै सेवाग्राहीले पाउनुपर्ने औसधि कमि हुन नदिन आग्रह गरे । उनले आवश्यकीय थप बिसयगत बिशेषज्ञहरु चाँडै राखिने हुदा अस्पतालमा आउने सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रवाह हुनेमा आफु ढुक्क रहेको बताए । नगर अस्पतालमा एक मिनेटमै रगत जाँचको रिपोर्ट दिने मेशिन जडान भएको, अत्याधुनिक खालको भिडियो एक्स–रे मेशिन, सेल्फ एनलिजर, एसिजि, साथै १५ मिनेटमा १०० भन्दा बढिको दिशा, पिसाब, खकार, जाँच गर्ने मेसिन रहेको जानकारी दिए । अन्य अस्पताल भन्दा ५० प्रतिशत कम दरमा थाइराइड, माइक्रोबाइनोमि बाहेक सबैखाले ल्याब टेष्ट यस अस्पतालमा हुने जनाइएको छ ।
कार्यक्रममा कौशिका तिम्सिनालाई नगर अस्पतालमा १० हप्ता सम्मको सुरक्षित गर्भपतन गराउन सुचिकृत सहित प्रमाणपत्र दिइएको थियो भने नगर अस्पताललाई पनि सुचिकृतको प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख मेनुका खतिवडाले किशोरिहरुमा देखिने गर्भपतनलाई गोपनियताको आवश्यक रहेको हुदा स्वास्थ्यकर्मीहरुलाई गोपनियता कायम राख्न आग्रह गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, अस्पताल संचालक समिति, स्वास्थ्य शाखाका कर्मचारी, नगर अस्पतालका कर्मचारी, स्वास्थ्य स्वयमसेविका, लगायतको उपस्थिति रहेको थियो ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]