‘आचारसंहिता अभिमुखीकरण अनिवार्य गरिएपछि आचारसंहिता उल्लङ्घनमा कमी’

  • असार २४, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितासम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । भर्चुअल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दा बढी जिल्लाका ३९ जनाको सहभागिता थियो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम समापनका क्रममा पत्रकारिता तथा मिडिया क्षेत्रमा आचारसंहिताको उल्लङ्घन निकै बढेको देखिएका कारण तालिम व्यापक बनाएको बताए । ‘प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारलाई समेत पत्रकार आचारसंहिता अभिमुखीकरण अनिवार्य गरिएपछि आचारसंहिता उल्लङ्घनमा कमी आएको छ’ अध्यक्ष बस्नेतले भने ।
नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले स्थानीय निर्वाचनअघि नै यो तालिम सञ्चालन गर्ने सोच रहे पनि सो सम्भव नभएपछि संघीय तथा प्रादेशिक चुनाव लक्षित तालिम गरिएको बताए ।
तालिममा पत्रकार आचारसंहिताका, काउन्सिलले जारी गरेको विभिन्न निर्देशिका, निर्वाचन आचारसंहिता, भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा छलफल चलाइएको थियो ।
तालिमका स्रोत व्यक्तिका रूपमा वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, कपिल काफ्ले, बबिता बस्नेत र बालकृष्ण बस्नेत रहेका थिए । प्रशिक्षकहरू झबिन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल थिए । तालिममा सहभागीलाई काउन्सिल र इन्ष्टिच्यूटको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ । (स्रोतः सम्झना पौडेलको फेसबुक)

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]