दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको फोहोर प्रशोधन केन्द्रमा जडान गरिएको फोहर प्रशोधन मेसिन संचालनमा ल्याइएको छ । दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छादारद्वारा पावर सिस्टमको स्वीच अन गरि प्रशोधन मेशिनमा फोहर हाल्दै बिधिवत ट्रायल चेक सहित उद्घाटन गरिएको थियो ।
गत आर्थिक बर्षमा डिपिआर तयार गरि लगानी जुटाएर नगर प्रमुख गच्छादारले जग्गा तथा प्राइमरी खर्चबाहेक बाहेक ५० लाख भवन निर्माण र १ करोड ३० लाख मेशिनरि गरि कुल १ करोड ८० लाख खर्च गरि निर्माण सम्पन्न गरिएको थियो ।
आगामी आर्थिक बर्ष २०७९÷८० देखि दुहबी नगरपालिका, बुढिगङ्गा गाउपालिका र गढि गाउपालिकाको त्रिपक्षीय सहकार्यमा फोहर संकलन तथा आवश्यकीय संचालन श्रोत समेत जुटाउने समझदारी भएसंगै स्वीस कन्ट्याक्टरले थप लगानी गर्ने भएको छ ।
नयाँं जडान गरिएको उक्त प्रशोधन मेशिन नेपालकै पहिलो अत्याधुनिक मेशिन रहेको र यसको हाल कम्पोष्ट मल मात्रै बनाएपनि दैनिक ५ टन क्षमताको रहेको नगर प्रमुख गच्छादारले बताए । आगामि दिनमा नसड्ने फोहर जस्तै–सीसा र प्लाष्टिकहरुको समेत प्रशोधन गर्ने क्षमता वृद्धि गर्दै लगिने हुदा यसको संहारिक क्षमता दैनिक १८ टन सम्म हुने उनले बताए ।
मेशिन ट्रायल चेकमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, बुढिगंङ्गा गाउपालिकाका अध्यक्ष जितनारायण थापामगर, दुहबि नगर उपप्रमुख मेनुका खतिवडा, दुहबीका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम रैन, दुहबी नगरपालिकाका इन्जिनियर रामकुमार यादव सहित इन्जिनियर शाखाका पदाकिकारीहरु, वातावरण शाखा प्रमुख विमल चौधरी लगायत गढिका वातावरण शाखाका पधादिकारिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो ।