स्वास्थ्यसम्बन्धि चेतना फैल्याउने समाचार सम्प्रेषण हुनुपर्ने

  • असार २२, २०७९ / नेपाल रेखा
alt

मोरङ । स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले स्वास्थ्य सम्बन्धि प्रदेश स्तरीय पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम वुधबार विराटनगरमा सम्पन्न भएको छ ।
 स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाको आयोजनामा भएको सो कार्यक्रमा प्रदेस नं. १ का विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता  थियो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश सरकारले दुर्गम हिमाली तथा पहाडी जिल्लाहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरि यस पटकको वजेटमा व्यवस्था गरेको बताए ।
उनले कुल वजेटको ९ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुटयाइएकाले प्रदेश १ का हिमाली पहाडी तथा तराइका सबै वडाहरुमा स्वास्थ्य केन्द्र तथा वर्थिङ सेन्टर संचालनमा ल्याइने बताए । सरकारले प्रवाह गरेको निःशुल्क स्वास्थ्य सेवा लक्षित वर्गसम्म पुग्न नसकेकाले यस्ता  सेवाबारे स्थानीय स्तरमा जानकारी गराउन पत्रकारहरुले कलम चलाउनुपर्नेमा उनले जोड दिए । उनले प्रदेश सरकारले सबै जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई थप व्यवस्थित बनाउने बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्चन्दले आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रमा जनशक्ति नहुदा समस्या हुने गरेको बताए। प्रदेश १ मा ४७ प्रतिशत दरबन्दि रिक्त रहेकाले आवश्यकता अनुसार स्वास्थ्यकर्मीको रिक्त दरबन्दि चांडै पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको बताए । कोभिड–१९ का कारण स्वास्थ्यको महत्व झनै बढेकाले अहिलेको अवस्थामा स्वास्थ्य सम्वन्धि चेतना फैलाउने गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।  
सिमित साधन श्रोतका बाबजुद पनि करार तथा अस्थाई दक्ष स्वास्थ्यकर्मी राखेर भएपनि    निर्देशनालयले प्रदेश १ मा उल्लेखनीय काम गरिरहेको  उनको दाबी थियो ।
कार्यक्रममा निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले निर्देशनालयले प्रदेश १ मा गरेको काम तथा प्रदेशको स्वास्थ्य अवस्थाका  विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे, स्वास्थ्य खबर मन्चका महासचिव भिषा काफ्ले लगायतले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै  लैजानुपर्नेमा जोड दिए ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]