अस्वस्थ्यकर खानाले प्रत्येक बर्ष विश्वमा ४ लाख मानिसको मृत्यु

  • असार २२, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । स्वस्थ्यकर खाद्य पदार्थको उत्पादन र प्रयोग गर्न सकेमात्र जीवनलाई स्वस्थ्य बनाउन सकिने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसंगको समन्वयमा विराटनगरमा आयोजना गरेको उपभोक्ता खाद्य स्वच्छता सचेतना अभिबृद्धि कार्यक्रममा बोल्दै उनीहरुले अखाद्य वस्तुहरु उपभोगमा उपभोक्ताहरु समेत सचेत हुनुपर्नेमा जोड दिए ।  
कार्यक्रममा बोल्दै खाद्य प्रविधि कार्यालयका प्रमुख राजकुमार रिजालले म्याद सकिएका खाद्य पदार्थहरु मात्र मानव स्वास्थ्यकालागि हानिकारक हुने कुरा चर्चामा रहनेगरेपनि खाद्य पदार्थ र मानव स्वस्थ्यसंग जोडिएका अन्य धेरै कुराहरु लुकेर रहने गरेको बताए । खाद्य स्वच्छताकालागि खाद्य ऐन २०२३ लाई समय सापेक्ष परिमार्जन गर्दै जानुपर्नेमा उनले जोड दिए ।
उनले भौतिक, रासायनिक र जैविक कुराहरुमा गरिएको लापरवाहीले समेत खाद्य पदार्थलाई अहितकर बनाउने बताए । त्यसैले खाद्य पदार्थको उत्पादन, प्रोसेसिङ र प्रयोगमा समेत सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेको  बताए ।
कतिपय परम्परागत आनिबानीका कारण र पछिल्लो समय मासु र दुग्धजन्य पदार्थको उत्पादनमा प्रयोग गरिने रसायन र एन्टिबायोटिकहरुका कारण खाद्यपदार्थहरु मानव स्वस्थ्य प्रतिकूल हुँदै गएको जानकारी दिए।
खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादन, भण्डारण र बिक्रेता सबैको भूमिका जिम्मेवारपूर्ण हुनुपर्ने बताए । चालु आर्थिक वर्षमा दुषित खाद्य वस्तु उत्तपादन गर्ने ९ वटा उद्योग उपर मुद्दा दायर गरेको उनले बताए । यसैगरि दुषित खाद्य वस्तु उत्तपादन गर्ने एउटा उद्योगलाई ५० हजार जरिवाना गरेको उनको भनाइ थियो । डब्लुएचओको तथ्यांक अनुसार प्रत्येक बर्ष विश्वभरि ४ लाख मानिसहरु अस्वस्थ्यकर खाद्य पदार्थ सेवन गरेकैकारण मृत्यू वरण गर्नुपरिरहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा उपभोक्तावादी संघसंस्था, खाद्य उद्योगी, पत्रकार र सरोकारवाला संघसंस्थाहरुको सहभागिता थियो ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]