धिरेन्द्रकुमार चौधरी
रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) नगर कार्य समिति रामधुनीको अध्यक्षमा बलराम चौलागाईं चयन भएका छन् ।
सोमबार बसेको माओबादी केन्द्र रामधुनी नगर कार्य समितिको दोस्रो पूर्ण बैठकले समितिलाई पूर्णता समेत दिदै चौलागाईंलाई अध्यक्षमा चयन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा श्यामकुमारी साह, राकेश चौधरी चयन भएका छन् । सचिवमा भने रमेश खत्री चयन भएका छन् । पार्टीको रामधुनी नगर समितिमा ६५ सदस्य समिति रहेको छ । बैठकमा सो पार्टीका केन्द्रिय सल्लाहाकार चन्द्रकुमार चौधरी, पार्टीकै प्रदेश नं. १ सल्लाहकार लिलु पौडेल, पार्टीकै रामधुनी नगर समितिका इन्चार्ज दिनेश चौधरी लगायतले नव निर्वाचित पदाधिकारीलाई अबिरबाट सम्मान गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष चौलागाइले माओवादी केन्द्रलाई ठुलो पार्टी बनाउनका लागि संगठन बिस्तार गर्ने बताए ।