उर्लाबारीको नगरसभाबाट विभिन्न विधेयक पारित

  • असार १९, २०७९ / नेपाल रेखा
alt

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको आठौँ नगरसभाबाट बिभिन्न विधेयकहरु पारित हुनुका साथै न्यायिक समिति गठन गरिएको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकबाट शिक्षा सम्बन्धी विधेयक – २०७९, खानेपानी सेवा व्यवस्थापन तथा नियमन विधेयक–२०७९, सहकारी पहिलो संशोधन विधेयक–२०७९ नगरसभाबाट पारित भएको नगर प्रवक्ता भिष्म बुढाथोकीले जानकारी दिए ।
शिक्षा सम्बन्धी विधेयक–२०७९ मा नेपाली काँग्रेसबाट निर्वाचत जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेखेपनि बहुमतले पारित भएको छ । सो विधेककका बिभिन्न बुद्धामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएका थिए ।
यस्तै नगरसभाबाट उपप्रमुख मिना खतिवडाको संयोजकत्वमा नगर न्यायिक समिति पनि गठन भएको छ । सो समितिको सदस्यमा वडा सदस्य रुद्र लामिछाने र अमृता परियार नेपाली चयन भएका छन् ।
यस्तै नगरसभाबाटै बिभिन्न समितिहरु पनि गठन गरिएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा चिन्तामणि पौडेल, बिधायन समितिको संयोजकमा कुलबहादुर कार्की, सामाजिक समितिको संयोजकमा रविन लामा, सुशासन तथा स्थानीय सेवा समितिको संयोजकमा राजन कँडेल, कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक श्रोत समितिको संयोजकमा तिलककुमार पाण्डे चयन भएका छन् । नगरसभाले राजघाट स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने निर्णय समेत गरेको छ ।

उर्लाबारी नगरपालिकाबाट दुई जना पत्रकारसहित १२ किसान र ३ कर्मचारी पुरस्कृतurlabari

उर्लाबारी नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार ज्योती चौहान र विजय धिमाल पुरस्कृत भएका छन् । आठौँ नगरसभा समापनको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
२५ हजार राशीको विकाश पत्रकारिता पुरस्कार चौहान र रु २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार धिमाललाई प्रदान गरिएको थियो । उनीहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा र प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।
यसैगरी नगरपालिकाको आठौं नगरसभाबाट १२ जना कृषकसहित ३ जना कर्मचारी समेत पुरस्कृत भएका छन् ।
उर्लाबारी नगरपालिकाले आठौँ नगरसभा समापनको अवसरमा विधागत रुपमा १२ जना उत्कृष्ट कृषक सहित ३ जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ । कृषकलाई जनही १५ नगदसहितले पुरस्कृत गरियो । कृषकहरु बिष्णुकुमार बराल, पदम रिजाल, नारायण नेपाल, कमलप्रसाद लुईटेल बोधराज खतिवडा, गणेशकुमारी धिमाल, प्रमिला चौहान, सरोज थापा, निलम न्यौपाने, सुवासचन्द्र खापुङ, विज्ञान ढुंगाना र रामकुमारी वाईवालाई नगद १५ हजार, सम्मान् पत्र र दोसल्लाले पुरस्कृत गरिएको थियो ।
यस्तै सोहि अवसरमा नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नगर कर्मचारी पुरस्कारबाट यसवर्ष मुरारीप्रसाद घिमिरे, चन्द्रकला सुब्बा र सन्तोष श्रेष्ठ पुरस्कृत भएका छन् । उनीहरुहरुलाई जनही २५ हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]