संघियताको आधार नै स्थानीय तह:मुख्यमन्त्री राई

  • जेठ २६, २०७९ / नेपाल रेखा
alt

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे ।
प्रदेश नं. १ का स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताए । उनले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले जोश र होस पु¥याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताए । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्राटुक्री योजनाका नाम कनिकाझंै बजेट छर्ने दुवै काम उचित नहुने धारणा व्यक्त गरे । ‘एउटा प्रसिद्ध भनाइ छ कि, ‘एकैसाथ दश औंलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’ मुख्यमन्त्री राईले भने–‘सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस् ।’
उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ का १३७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरूलाई भर्खरै निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे । तालिम समापनका अवसरमा सहभागीहरूका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले दुईदिने अभिमूखीकरण आफूहरूका लागि लाभदायक भएको बताए । समापन समारोह प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

3-2 2 4 1

 

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]