होटल व्यवसायीले मागे व्याज छुट

  • जेठ २०, २०७९ / नेपाल रेखा
alt

इटहरी । पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटल व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले ब्याज छुटको नीति ल्याउनुपर्ने पूर्वका होटल व्यवसायीले माग गरेका छन् ।
कोभिडकाकारण दुई वर्षसम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका हुन् ।
होटल इनटुरिस प्लालेसका सञ्चालक तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई निरन्तरता दिनु पर्ने बताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।
इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिने नीति अपनाउनु पर्ने सुझाव दिए । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ट उपाध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले राज्यले पर्यटकीय क्षेत्र बनाउन समेत पहल गर्नु पर्नेमा जोड दिए ।
सुनसरीको इटहरीमा सुविधा सम्पन्न होटलका रुपमा सञ्चालन हुदै आएको होटल इनटुरिट प्यालेसको तेस्रो वार्षिकोत्सवमा सहभागी अन्य वक्ताहरुले पनि पर्यटन प्रवद्र्धनका क्षेत्रमा राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]