दीपक कार्की
इटहरी । सवारी साधनहरुको चापसंगै मानवीय चहलपहलका कारण व्यस्त प्रदेश नम्बर १ को एक विकसित सहर इटहरी व्यवस्थित पार्किङ्गको अभावमा अस्तव्यस्त बन्दै आएको छ । प्रदेश नम्बर १ का धेरै जिल्लाहरुमा पुग्न सडक संजाल प्रयोग गर्दा चौरस्तामा पर्ने इटहरीमा व्यवस्थित पार्किङ्ग नहुदा दुर्घटनाको जोमिख पनि दिनप्रतिदिन बढ्न थालेको छ ।
प्रदेश नम्बर १ को व्यवसायिक केन्द्रका रुपमासमेत विकसित बन्दै आएको इटहरीमा धेरैतिरका मानिसहरुको आवतजावत हुने गरेको छ । तर मानवीय चापसंगै मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ्गका लागि पर्याप्त तथा आवश्यक पार्किङ्ग स्थान नभएको कारण समस्या हुदै आएको बताइन्छ ।
उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णु डाँगी व्यवस्थित पार्किङ्ग नभएको र जाथाभावी सवारी साधन पार्किङ्ग गरिने गरेका कारण पैदल यात्रीहरुलाई हिंड्न समेत समस्या परेको बताउछन् । उनी व्यवस्थित पार्किङ्ग बनाएर सवारी साधनहरुलाई निश्चित ठाउँमा पार्किङ्ग गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिन्छन् ।
पार्गिङ्गका लागि आवश्यक ठाउँ नतोकिएको तथा व्यवस्थित पार्किङ्ग भएको र फुटपातमा समेत व्यवसायीहरुले सामान बिक्रीका लागि राख्ने गरेका कारण समेत पैदल यात्रीहरुले सास्ती भोग्नु परिरहेको छ । पार्किङ्ग व्यवस्थित नहुँदा सडक क्षेत्रमै पार्किङ्गं समेत गर्ने गरेका कारण पनि दुर्घटनाको समेत जोखिम वढिरहेको भन्दै स्थानीयले पार्किङ्गं स्थलको माग गर्दै आएका छन् ।
निजी तथा सावर्जनिक सवारी साधनको चाप अधिक रहेको इटहरीमा व्यवस्थित पार्किङ्ग नहुदा सार्वजनिक यातायातले समेत जतापायो त्यतै रोक्ने तथा यात्रु चढाउने गरेका छन् । जथाभावी गाडी रोक्दा दुर्घटनाको जोखिम हुने गरेको छ । भएको वस पार्क समेत व्यवस्थित नवनाइएको स्थानीयले गुनासो गरेका छन् । वस पार्कमा जथाभावी फोहोरमैला फाल्ने भत्किएको संरचना मर्मत नगरिने बनाउदा पनि आधा भागमा मात्र पक्की बनाइएको लगायतका कारण पनि सास्ती भइरहेको यातायात मजदुर संघ सुनसरीका अध्यक्ष गुनासो गर्दछन् ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल नगरक्षेत्रमा व्यवस्थित पार्किङ्गका लागि योजनावद्ध रुपमा काम गर्ने बताउछन् । विभिन्न निकायसंग सुविधा सम्पन्न वस पार्क वनाउने विषयमा छलफल भइरहेको र अव्यवस्थित वसोवासरका कारण पनि पहिले वनाइएका व्यवसायिक भवनहरुमा समेत पार्किङ्ग नभएको र अव भने पार्किङ्गं अनिर्वाय गरेर भवन वनाउन स्वीकृति दिने जानकारी दिए ।
