विराटनगरबाट पनि सवारी चालक लायसेन्स पाइने

  • जेठ १८, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात सवारी लायसेन्स अब विराटनगरबाटै पाइने भएको छ । सुनसरीको इटहरीमा रहेको यातयात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको चाप बढेपछि प्रदेस १ सकारले आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र विराटनगरबाटै पाउने गरि व्यवस्था मिलाउन लागेको हो । यातयात व्यवस्था कार्यालयले आगामी साउन महिनादेखि सवारी चालक अनुमतिका लागि लिखित र ट्रयायल दुवै परीक्षा लिएर विराटनगरबाट सबै सवारी साधनका लायसेन्स दिने गरि काम अघि बढाएको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले बताए ।
प्रदेश नं. १ यातयात तथा संचार मन्त्रालयको मन्त्रि स्तरको निर्णयअनुसार यातयात व्यवस्था सेवा कार्यालय विराटनगरले सवारी चालक लाइसेन्स परीक्षा शुरु गर्न लागेको हो ।
सवारी चालक अनुमतिपत्र परीक्षाका लागि सवारी चालक परिक्षणकेन्द्र ट्रायल सेन्टर संचालनका लागि सो कार्यालयले विराटनगर महानगरपालिकासंग सरकारी जग्गा समेत माग गरिसकेको छ । सवारी ट्रायल सेन्टरका लागि कम्तिमा एक विघा जग्गा आवश्यक पर्ने कार्यालय प्रमुख भट्टराईले बताए ।
महानगरपालिकासंग सरकारी जग्गमा माग गरेको र सरकारी जग्गा प्राप्त नभए कानुन बमोजिम प्रक्रिया पुर्याएका निजी ट्रायल सेन्टर भाडामा लिएर भएपनि ट्रायल सेन्टर संचालन गरि विराटनगरबाटै सवारी लायसेन्स दिइने व्यवस्था मिलाउन लागेको भट्टराईको भनाइछ । कार्यालयले विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका र ग्रामथान गाउपालिकासंग पायक पर्ने ठाउँमा जग्गाको माग गरेको जनाएको छ । महानगरपालिकालाई जग्गामा माग गर्दै एकवर्ष अघि निवेदन दिएपनि अहिलेसम्म महानगरबाट जग्गा दिने विषयमा जानकारी नआएकाले पनि अब आफैं लिजमा ट्रयायल सेन्टर लिएर भएपनि विराटनगर खार्जीमा रहेको कार्यालयबाट लाइसेन्स दिनेगरि प्रक्रिया अघि बढाउन लागेको सो कार्यालयका अधिकृत उमंग पाण्डेले बताए । ट्रायल सेन्टरका लागि डिग्रि कलेजको जग्गा अहिलेपनि खाली अवस्थामा रहेकाले सो जग्गा उपलव्ध गराए आफूहरुलाई ट्रायल सेन्टर संचालन गर्न थप सहज हुने पाण्डेको भनाइछ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]