बिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियोबिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियो

  • जेठ १०, २०७९ / नेपाल रेखा
alt

इटहरी । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले इटहरीमा विरोध कार्यक्रम गरेको छ । दुई वर्षअघि रूकुम पश्चिममा नवराज बिक र उनका साथीहरूको हत्या भई आजसम्म पनि न्याय नपाएको भन्दै मंगलबार इटहरीमा विरोध कार्यक्रम गरिएको हो ।
वैज्ञानिक समाजवादी पार्टी समर्थित जात व्यवस्था उन्मुलन मोर्चाको किरात र लिम्बूवान समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नवराज बिक र उनका साथीहरूको हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरे । इटहरी उपमहानगर प्रवेशद्वार अगाडि भएको कार्यक्रममा सहभागिहरुले लडौं जात व्यवस्थविरुद्धको फाइनल म्याच, मलाई विभेद स्वीकार छैन, म लास होइन चुप बस्न, जिउदो छु बोल्छु, अपराधीलाई कार्बाही गर, जेठ १० जात व्यवस्थाविरुद्धको विद्रोह, रुकुम नरसंहारका अपराधीलाई कार्बाही गरजस्ता प्लेकार्ड बोकेका थिए ।
विरोध कार्यक्रममा वैज्ञानिक कम्युनिष्ट पार्टी प्रदेश १ संयोजक आशिस लिम्बू, सामाजिक अभियन्ता पदम अधिकारी, जनता समाजवादी पार्टीका नेता योशा गुरागाई, जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रिय नेता शान्ति जगमेर, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य तारा लामगादे, प्रेस सेन्टरका केन्द्रीय सदस्य राजन केडीलगायतले जात व्यवस्थाको अन्त्य हुनु पर्ने बताएका थिए ।
दुई वर्षअघि, २०७७ जेठ १० रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेकै निहुँमा नवराज बिक र उनका अन्य पाँच साथीको सामूहिक हत्या भएको थियो ।

1

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]