चरित्र हत्या गर्नेलाई कारबाही गर्न अन्सारीको माग

  • जेठ ७, २०७९ / नेपाल रेखा
alt

विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बाट वडा अध्यक्षका लागि उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका इरसाद अन्सारीले आफनो चरित्र हत्या गरी निर्वाचनमा जनमत घटाउने काम भएको बताएका छन् । उनले लोकतन्त्रमा सबैको सम्मान हुनुपर्ने भन्दै केही व्यक्तिहरुले वडामा आफूलाई हराउन बिभिन्न प्रपन्च रचेको भन्दै त्यसको निन्दा गरेका हुन् ।
उनले विराटनगरमा पत्रकार सम्मेलन गरी आफू यस वडामा चिरपरिचित उम्मेदवार रहेको र जित्ने प्रबल सम्भावना रहेपनि केही उछृङ्खल समूहले गलत प्रचारप्रसार गरी मेरो जित्ने सम्भावनालाई कमजोर बनाउने खेल खेल्ने जो कोही भएपनि कसुरदार हुन् भने । मतदानको दिन मेरो नाममा फर्जि अपील बनाई मतदाता र मतदाताको घरघरमा पर्चा पुर्याउने समूह तपाँई हाम्रै समाजका हुन् यस्ता समूहले आफ्नो पनि हित गर्दैनन् र अरुको पनि हित नगर्ने भएकाले सचेत नागरिक सावधान रहन अन्सारीले आग्रह गरे ।
समाजमा गलत सूचना दिने, भड्काउने र एकआपसबीच बैमनस्यता बढाउने अपराधीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई अन्सारीले आग्रह गरे । निर्वाचनमा यसरी गलत अफवाह फैलाएर निर्वाचन विरुद्ध षड्यन्त्र रच्दै जालझेल गर्न खोजिएकाले त्यस्ता व्यक्तिलाई तत्काल कार्बाही गर्न उनले प्रशासन समक्ष माग समेत गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]