इनरुवा नगरपालिकाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित

  • जेठ ५, २०७९ / नेपाल रेखा
alt

इनरुवा । सुनसरी जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी ११ हजार ८ सय २४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फका उम्मेदवार सरोज पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा पनि नेपाली काँग्रेसकी विनिताकुमारी मेहताले जित हात पारेकी छिन । उनले ११ हजार ४ सय ८० मत ल्याएर जित सुनिश्चित गरेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फकी उम्मेदवार सहजादी प्रविणले ९ हजार ३ सय ४७ मत प्राप्त गरेकी छन् ।
भण्डारीले २०४६ सालमा अनेरास्ववियूबाट नेविसंघमा प्रवेश गरी विभिन्न पदहरुको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली काँग्रेसको सुनसरी जिल्ला सदस्य, दुई कार्यकाल सचिव, डेमोक्रेटिक लयर्स एसोसीएसनको केन्द्रीय उपाध्यक्ष, नेपाल बार एसोसिएसन सुनसरीको अध्यक्ष, पूर्वाञ्चलबाट बारकै केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । नव निर्वाचित मेयर भण्डारीले कृषि र सिँचाइको समस्या समाधान तथा बाढी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले नगरवासीको हितमा नगरक्षेत्रको जनशक्ति, स्रोत–साधनको अधिकतम् सदुपयोग गर्ने पनि बताए । भ्रष्टाचारमा शून्य सहनशीलता, आर्थिक अभिबृद्धि, सामाजिक अपराध न्यूनीकरणका लागि नगरवासीसँग सहकार्य अघि बढाउने उनको भनाइ छ ।

kedar&binita

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]