निर्वाचन कार्यालयद्वारा सरोकारवालासँग छलफल

  • वैशाख २०, २०७९ / नेपाल रेखा
alt

 

इटहरी । आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसहिंता कार्यान्वयन सम्बन्धमा इटहरीमा सरोकारवाला विच छलफल गरिएको छ ।
स्थानीय तह निर्वाचन अन्तरगत इटहरी उपमहानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह आचारसहिंता अनुगमन समितिको बैठक सरोकारवालाहरुको सहभागितामा बसेको हो ।
निर्वाचन अधिकृत नारायण रिमालको अध्यक्षतामा भएको आचारसहिंता अनुगमन समितिको बैठकमा आचारसंहितामा उल्लेख गरिएका विषयहरु पालना गर्नु पर्नेमा जोड दिइयो । छलफलमा इटहरी उमहानगरपालिका अन्तरगतका राजनैतिक दल, उमेदवार, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
निर्वाचन नजिकिरहेको समयमा आचारसहिंताका पालनालाई दल तथा उम्मेदवारहरुले गम्भीरताका साथ लिएर पालना गर्न निर्वाचन अधिकृत रिमालले दल, उमेदवार तथा सरोकारवालाहरुलाई आग्रह गरे । निर्वाचन आचरसहिंतामा स्वीकृति बिना व्यक्तिको घर जग्गामा निर्वाचन गतिबिधि गर्न नपाइने, व्यक्तिगत भावनामा आँच आउने किसिमका बोली, बचन प्रकट गर्न नपाइने १८ वर्ष मुनिका बालबालिकाहरुलाई प्रचार–प्रसारमा सहभागिता गराउन नपाइने, जुलुस कोणसभा गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र गर्नु पर्ने र निर्वाचनको दिन सवारी साधन चलाउदा निर्वाचन अधिकृतको अनुमति पत्र लिनु पर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।
सो छलफलमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्का सशस्त्र प्रहरी बल सुरक्षा बेस इटहरीका बिदुर भट्टराई नेपाली काँग्रेसका नगर सचिव मन्दिप भट्टराई नेकपा एमालेका काशीनाथ दंगाल राप्रपाका हितेश गिरी नेकपा एकीकृत समावादीका रमेश खत्री लगायतको सहभागिता रहेको थियो ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]