आचारसंहिता कार्यान्वयन गराउन खबरदारी आवश्यकः आयुक्त थपलिया

  • चैत ३०, २०७८ / नेपाल रेखा
alt

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न संचारकर्मीको खवरदारी तथा निगरानी आवश्यक रहेको बताएका छन् ।
विराटनगरमा मंगलबार आयोजित स्थानीय तह निर्वाचन मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन निश्पक्ष, निर्भय तथा मितिव्ययी बनाउन संचारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रामक र गलत सूचनाले निर्वाचनलाई प्रभाव पार्ने भएकाले निर्वाचनको हरेक चरणमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई उनले आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले वैसाख ३० गते स्थानीय तहको निर्वाचन गराउन गन्तव्यकालागि निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्थामा अब पनि निर्वाचन हुदैन भन्ने आंशका नगर्न आग्रह गरे । उनले निर्वाचन तोकिएको मितिमा हुने त्यसका लागि आयोगले ३० जिल्ल्लाका लागि मतपत्र छापि सकेको बताए । निर्वाचन दायाँ बायाँ गर्न खोजिए मुलुकमा दुर्घटना निम्तिन सक्ने उनको भनाइ थियो ।
उनले यस पटकको स्थानीय निर्वाचनमा महिला सहभागिता ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई सफल बनाउन संचारकर्मीलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेस नं. १ का अध्यक्ष लिलावल्लभ घिमिरेले आचारसंहिता कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]