दुहबी । जनस्तरमा सरसफाई सचेतना जगाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकामा हरितपूर्ण उत्थान प्रवद्र्धन अभियान थालिएको छ ।
दुहबी नगरपालिकाको वडा नम्बर ४ बाट नगर प्रमुख वेदनारायण गच्छदारको अगुवाई अभियानको थालनी गरिएको हो । हरितपूर्ण उत्थान प्रवद्र्धन परियोजना अन्तर्गत नगर क्षेत्रमा सरफाई अभियान सुरु गरिएको नगरपालिकाका वातावरण शाखा प्रमुख विमल नारायण चौधरीले बताए ।
माघ २६ गते थालिएको अभियानमा नगरपालिका उपप्रमुख सुनिता दाहाल साह, वडा अध्यक्षहरु, कर्मचारीहरु, सुरक्षा निकायमा प्रतिनिधिहरु पनि सहभागि भएका छन् । अभियानमा स्थानीय क्लब, जेसीस, मारवाडी सेवा समिति, बुद्धिजीवीहरु पनि सक्रिय भएका छन् ।
सरसफाई अभियानमा दुहबी नगरपालिका, यूएनडिपी नेपाल, आधार नेपालको सहकार्य रहेको आधार नेपालका टिम लिडर जगरनाथ साहले बताएका छन् । सो अभियान आइतबार वडा नम्बर ५ मा संचालन गरिनेछ ।