राष्ट्रिय युवा संघ सुनसरीद्वारा मन्त्रीको अभिव्यक्ति र मूल्य बृद्धिको विरोध

  • माघ ८, २०७८ / नेपाल रेखा
alt

सुनसरी । नेपाल सरकारको मन्त्री रेणु यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्डा ब्युतिन सक्ने भनी अराजकतापूर्ण अभिब्यक्ति दिएको र यो परमादेशी सरकारले गरेको चर्को मुल्यवृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीद्वारा इटहरीमा आयोजित बिरोध कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ, युवा संघ केन्द्रिय सदस्य जितेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाईं, युवा संघ नेपाल सुनसरी जिल्ला सम्योजक सुजन लामा, राष्ट्रिय युवा संघ नेपाल इटहरी सम्योजक कमल दाहाल, अनेरास्ववियु सुन्सरी क्षेत्र नं ३ अध्यक्ष युस्टल दाहाल (गोरे) लगायतका युवाहरु उपस्तिथिति रहेको थियो र कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढंगबाट अघि बढेको बताए भने सुनसरी सम्योजक सुजन लामाले मन्त्री यादवलाई अभिलम्ब बरखास्त गरिनु पर्छ साथै पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न को लागि पनि माग गर्दछौं यदि नगरिएको खण्डमा सुनसरी जिल्लाब्यापी आन्दोलन गर्ने चेतावनी दिए । त्यसै गरि अनेरास्ववियु क्षेत्र नं ३ अध्यक्ष युस्टल दाहाल (गोरे) ले पेट्रोलियम पदार्थ मुल्यवृद्धिले जनताले सास्ती पाएको र सरकारमा रहेका मन्त्रीले अराजकता उत्तेजना फैल्याउने शब्द प्रयोग गरी सरकारको व्यवहार प्रस्ट पारेकोले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सारिक भै हामीले बिरोध गर्न वाध्य भएको बताए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]