वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का विजयी

  • असोज ७, २०७८ / नेपाल रेखा
alt

जनक पाण्डे/नेपालरेखा ।

पथरी/नेपाली काँग्रेस पथरी–शनिश्चरे नगरपालिका ५ नं. वडाको अधिवेशनले चयन गरेको काँग्रेस वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का (चेतन) विजयी भएका छन् ।

५ नं. वडाको जनप्रतिनिधि समेत रहेका खड्काको यो जित संगै अव ५ नं. वडाको नेपाली काँग्रेस पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी समेत उनलाई थपिएको छ ।

वडा कार्य समितिमा बिजय भएपछि संचारकर्मीसंग कुराकानी गर्दै नव निर्वाचित वडा सभापति चेतेन्द्र खड्काले अबको नेतृत्वले श्रद्धेय अग्रज नेताहरुको वाणिहरुलाई मुलमन्त्रको रुपमा अनुसरण गरेर अगाडी जानुपर्ने बताएका छन् ।

खड्काले पार्टीभित्र एकताको भावना कम भए सिङ्गो पार्टीलाई नै यसको असर पर्न जाने बताउदै उनले भने–‘आफूले गरेको ठिक अरुले गरेको बेठिक भन्ने व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीप्रतिको चिन्ताको विषयमा यो कार्यसमितिले काम गर्नुपर्छ ।’ सबैका विचार, सल्लाहा र सुझावलाई उत्तिकै महत्व दिदै अग्रजहरुको विचारलाई आत्मसात गरेर लोकतान्त्रिक समाजवादको सिद्धान्त अनुरुप अगाडि जान सके काँग्रसप्रतिको आफ्नो कर्तव्य पूरा हुने खड्काको ठम्याई छ ।

यसैबिच, नव निवार्चित क्षेत्रीय प्रतिनिधि अर्जुन घिमिरेले पार्टीप्रति निष्ठा, त्याग, तपस्या र योग्यता भएका कार्यकर्ताहरु पलायन हुदै गइरहेको अवस्थामा पार्टीलाई सुदृढिकरणतर्फ लैजान अग्रजहरुलाई सम्मान गर्दै नयाँलाई पार्टीमा अवसर प्रदान गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

२ सय ६६ क्रियाशिल सदस्य रहको ५ नं. वडामा नव निर्वाचित सभापति चेतेन्द्र खड्का (चेतन) ले कुल १ सय २५ मत ल्याइ १९ मतले अग्रता हासिल गर्दैै निर्वाचित भएका हुन् । खड्काका निकटतम प्रतिद्वन्द्वि तिर्थबहादुर धिमालले कुल १०६ मत ल्याएका थिए ।

बुधवार भएको निर्वाचनले ५ नं. वडामा २० जनाको कार्य समिति सदस्य चयन गरेको नव निर्वाचित क्षेत्रिय प्रतिनिधि जनक खड्काले जानकारी दिएका छन् । चूनावी माहोलमा केन्द्रको कुनै प्रभाव नपरेको बताउँदै स्थानीय रुपमा मात्रै दुई प्यानल बनेको पनि जनक खड्काले बताएका छन् ।

242620784_1046969112730194_4608306557892358096_n

त्यसैगरेर वडाको अधिवेशनले कार्य समितिको उपसभापतिमा दीपक खड्का र सोमनाथ गुरागाईंलाई चयन गरेको छ । सचिवमा राजकुमार थापा, इन्द्र खत्री, सहसचिवमा विवेक घिमिरे, अमर दाहाल चुनावी प्रतिस्पर्धामा विजयी भएका छन् भने बाँकी १२ जना सबै वडा कार्यसमिति सदस्यहरु निर्विरोध भएका छन् ।

वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फबाट बिजयी हुनेमा अर्जुन घिमिरे, अभिषेक भट्टराई, ईश्वर थापा, केशव बुढाथोकी, जनक खड्का, महेन्द्र थापा (बाबु), महेश थापा, रेवत बस्नेत, रमेश भट्टराई र मायाँ पुरी रहेका छन् । त्यस्तै, खुल्ला महिलातर्फ अनिता गौतम (अनु), तारा कार्की, इन्दिरा पौडेल (सिता), इन्द्रा अधिकारी (थापा), सन्जु थापा (अर्चना) रहेका छन् ।

242703388_237661801647850_1331276206320225238_n

त्यस्तै खस महिलामा इन्दिरा खड्का, हुमा थापा डाँगी, खस पुरुषतर्फ अमर खत्री, तोर्णबहादुर थापा रहेका छन् । जनजाति महिलातर्फ रेखा धिमाल, सूर्यकुमारी श्रेष्ठ, जनजाति पुरुषमा जोगबहादुर धिमाल, चन्द्र प्र. राजवंशी र कालु चौधरी रहेका छन् ।दलितमा ताराविर विश्वकर्मा, अल्पसंख्यकमा सेख मुन्ना रहेका छन् । मधेसीमा विनोद अमात निर्विरोध भएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ ईश्वर थापा शसक्त रहेका छन् । त्यस्तै, जनजातितर्फ जोगबहादुर धिमाल बलीया रहेका छन् ।

242623144_1147710065754616_4523371661190435072_n 242647450_3098559350465186_2255843667775155213_n

 

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]