मल्टि स्किलद्वारा दुहबीमा ८० जना युवालाई सिपमुलक तालिम

  • असोज ६, २०७८ / नेपाल रेखा
alt

दुहबी । नेपाल सरकार सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा सुनसरीको दुहबी नगरपालिकामा ८० जना युवालाई व्यावसायी सिपमुलक तालिम प्रदान गरिएको छ ।
मंगलबार असिस्टेन्ट व्यूटीसीयनduhabi 1 duhabi तालिम समापनमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले बोल्दै महिलाले सिप सिकेर रोजगार तथा व्यवसायी बन्दा आफूलाई खुसी लाग्ने गरेको बताउनु भयो । साथै सिप सिकेका प्रशिक्षार्थीले व्यवसाय गर्न स्पष्ट योजनाका साथ आए नगरपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कलस्टर मनिटरिङ्ग अफिसर तुलसी दाहालले तालिम पश्चात पनि प्रशिक्षार्थीलाई ६ महिनासम्म निजको फलोअप गरिने साथै सिप हासिल गरेकाहरुले स्पष्ट योजना बनाई स्वरोजगार वा व्यवसाय गर्नतर्फ लाग्न आग्रह गरे ।
साथै सोही कार्यक्रममा बोल्दै मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्टका कार्यक्रम संयोजक विकास खनालले तालिममा सिकेका सिपको सदुपयोग गर्दै रोजगारमा लाग्न आग्रह गरे ।
संस्थागत तर्फबाट पनि स्थानीय निकाय र रोजगारदातासंग समन्वय गरी सबैलाई रोजगारी बनाउने योजना रहेको बताए । यो तालिमका लागि तालिम नभएर रोजगारीको लागि तालिम रहेको जानकारी गराए ।
साथै कार्यक्रममा बोल्दै प्रशिक्षक सारा पौडेलले सिटीइभिटीइको पाठ्यक्रम अनुसार सिकाई गरिएको बजार माग अनुसार आवश्यक सिप सिकाइएकाले सहजै रोजगारी गर्न सकिने बताइन् ।
तालिमको सहप्रशिक्षक ज्ञानु चौधरी रहेकी थिइन् । साथै तालिममा सहभागि प्रशिक्षार्थीको तर्फबाट मिना श्रेष्ठ, बिना राई र मेलिना बस्नेतले तालिमबारे अनुभूति राखेका थिए । मल्टि स्किलद्वारा दुहबी नगरपालिकामा २० जना व्यूटिसीयन, २० जना टेलरिङ्ग, २० जना जुनियर प्लम्बर र २० जना मेसन (डकर्मी) तालिम संचालन गरिएको थियो ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]