तिरुपति अटोसिटी यामाहा शोरुम इटहरीले महान पर्व दशैं तिहारलाई लक्षित गर्दै ल्यायो विशेष उपहार योजना यामाहाको चाडबाड लक्षित ग्राहक योजना

  • असोज २, २०७८ / नेपाल रेखा
alt

इटहरी । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक बिक्रेता तिरुपति अटोसिटी (यामाहा शोरुम) सुनसरी इटहरीद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरिएको छ । यो अफर गत भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको तिरुपति अटोसिटी इटहरीका प्रबन्धक संजोग पराजुलीले बताउनु भएको छ ।
प्रवन्धक पराजुलीले भन्नु भयो–‘यो योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा बाइक तथा स्कुटी खरीद गर्दा तत्कालै स्योर सट उपहारमा रु.८,०००÷ देखि रु.१ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ ।’ पराजुलीका अनुसार–लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नु हुनेछ ।
पराजुलीले भन्नु भयो–‘यतिमात्र हैन बम्पर पुरस्कार त झन् खास रहेको छ र बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नु हुनेछ ।’
तिरुपति अटोसिटी (यामाहा शोरुम)मा संचालित उपहार योजनाको बारेमा जानकारी दिंदैं प्रबन्धक पराजुलीले भन्नु भयो–‘हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं, यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं । यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वित हुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’
नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधि एफआइयुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् ।

76d71459-9e5d-4b32-af11-8359dba14453

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]