समृद्धिकालागि सिलाई कटाई सिकेका महिलालाई सिलाई मेशिन प्रदान

  • असोज २, २०७८ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले मल्टि स्किल एण्ड एन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि.द्वारा संचालित तह–१ को निःशुल्क ६५ दिने (३९०ण्टे) सिपमुलक टेलरिङ तालिम समापन कार्यक्रममा सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो । तालिममा समृृद्धिको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिले इटहरी–५ मा सञ्चालन गरेको हो । महिलालाई सिप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले सिकेको सिप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार बन्न आग्रह गरिन् । वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले सिप सिकेका महिलाले सिलाएका लुगाको बजारीकरणमा सहयोग गर्ने बताए। समृद्धि हेल्भेटास परियोजनाका टिम लिडर बालमुकुन्द न्यौपानेले हातमा सिप भएको मान्छे कहिल्यै भोको बस्नुनपर्नेमा जोड दिए । कार्यक्रममा आयोजक मल्टि स्किल एण्ड इन्भारोमेन्ट प्रालिका कार्यक्रम संयोजक विकास खनालले तालिम सम्पन्न गर्नमा इटहरी उपमहानगरपालिका र वडा नम्बर ५ कार्यालयले सहजीकरण र समन्वय गरेको बताए ।
महिलाहरु आफ्नै सिप र पहिचानमा अघि बढ्नु पर्ने कार्यक्रम संयोजक खनालको भनाइ थियो । वडा सदस्य टीका बस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेलले पनि तालिमका सन्दर्भमा बोलेका थिए ।
निर्मला मैनाली र सुमित्रा विश्वकर्माले प्रशिक्षार्थीहरुलाई टेलरिङ्ग तालिम दिएका हुन् ।

1631868895837 1 1631868895880 1 1631868895966 (1) 1

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]