मोहन ढकाल
इटहरी / नेपालरेखा । स्थानीय तयारी पोशाक उद्योग र होजियारी उद्योगहरुले स्थानिय बजारको पचास प्रतिसत हिस्सामा योगदान गर्दै आएको भएपनि कोरोना महामारिका कारण नेपाली तयारी पोसाक उद्योगहरुका उत्पादनले अहिले बजारको दोब्वर हिस्सा ओगटन थालेको बताइएको छन् ।
स्थानीय उत्पादित सामाग्री बाहय आयातित सामान भन्दा सस्तो पर्ने हुँदा र खास गरेर कोरोना महामारिको समयमा तयारी पोसाक आयात पनि प्रभाबित हुने गरेकोले स्थानीय उत्पादनहरुले नेपाली बजारमा प्राथमिकता पाएका हुन् ।

नेपाली गार्मेन्ट उद्योगमा बिभिन्न प्रकारका गुणात्मक बस्तुहरु उत्पादन हुदै आएका छन् । नेपालमै उत्पादन भएका गुणस्तरयुक्त सामानको प्रयोगहरुले ग्राहकलाई सन्तुष्टि मिलेकोले नेपाली गार्मेन्टका उत्पादनले ग्राहकको मन जित्न थालेको इटहरी उद्योग बाणिज्य संघका सदस्य एवं गार्मेन्ट उद्यमी राजु राय बताउँछन् ।
सस्तो मूल्यमा राम्रो गुणस्तरीय सामान स्थानिय गार्मेन्टले उपलब्ध गराउन थालेपछि स्थानीय ब्यापारिको समेत स्थानीय गार्मेन्टले ध्यान तानेको छ । चाइनिज सामान सवैले पन पराउने धेरै बिक्री हुने भनिएपनि अहिले स्थानीय गार्मेन्टका उत्पादन बजारमा प्रतिस्पर्धा योग्य भएको सुनसरीका स्थानीय ब्यापारिहरु बताउँछन् ।

लकडाउनको समयमा आयात प्रभाबित भइरहेको बेला उहि गुणस्तरको कम मूल्यमा स्थानिय गार्मेन्ट उपलब्ध हुनेहँुदा ढुवानी खर्च समेत कम पर्ने हँुदा बजारमा स्थानीय उत्पादनको योगदान पहिलेको भन्दा दोब्बर भएको इटहरीका गार्मेन्ट ब्यावशायी बाबुकाजी पाण्डेको अनुभव छ ।
उत्पादनको गुणस्तर प्रयोग हुने कच्चा पदार्थमा निर्भर हुने भएकोले गुणस्तर यूक्त कचापदार्थ भए गुणस्तर बृद्धि हने हुनाले कतिपय कच्चा पदार्थ कपडा, धागो, टाँक लगायतका सामाग्री गार्मेन्ट उद्योगहरुले आयात गर्ने गरेका छन् ।
नेपाली गार्मेन्ट उद्योगहरुले आवस्यकता अनुसारको कच्चापदार्थ भारत, चिन र नेपालका स्वदेशी कपडा समेत प्रयोग गर्ने गरेका छन् । नेपालमा सवै प्रकारका कपडा उत्पादन नहुदा गुणस्तरिय गार्मेन्ट उत्पादनका लागि चाहिने आवश्यकिय कच्चा पदार्थ गार्मेन्ट उद्योगहरुले बाहिरी मुलुकबाट आयात गर्ने गरेको इटहरी खनार स्थित पल्स फेसन सोलुसन प्रा.लि.का ब्यवस्थापक गणेश नेपाल बताउँछन् ।
नेपाली टेक्सटाइल उद्योग बाट उत्पादित कपडा समेत प्रयोग गरेर तयारी सर्ट उत्पादन गर्दै आएको इटहरीको खनार स्थित जेएनबि अपेरियल प्रा.लिले स्थानीय कच्चा पदार्थ कपडा सोनापुर दुहवी स्थित प्रगति टेक्सटाईलबाट उत्पादित कपडाबाट सर्ट निर्माण गर्ने गरेको छ । उद्योगमा सवै प्रकारका कपडा कटन, जिन्स, ट्वील, लाईक्रा आदि प्रकारका स्थानीय उद्योगमा नबन्ने हँुदा गार्मेन्ट उद्योगले त्यस्ता कपडा आयात गर्नुपरेको जेएनबि अपेरियल प्रा.लि. कि सञ्चालिका राधिका ढकाल बताउँछिन् ।

विन्टर वेयर ज्याकेट बाहेकका बिभिन्न गुणात्मक पोसाकहरु उत्पादन गर्दै आइरहेको जेएनबि अपेरियल प्रा.लि.ले सवै उमेर समूहका लागि जिन्स, सर्ट प्यान्ट, मिडी, लगायत नानी बाबुहरुका लागि समेत तयारी पोसाकहरु उत्पादन गर्दै आएको छ । स्थानीयतालाई जोड दिंदै स्थानीय बजारलाई प्रवर्धन गर्ने लक्ष्य अनुरुप उद्योगले आवश्यकता अनुसार भारत र चीनबाट समेत कच्चा पदार्थ आयात गरि गुणस्तर यूक्त उत्पादन बजारमा पठाउने गरेको गर्ने गरेको जेएनबि अपेरियल की संचालिका ढकालले जानकारी दिएकी छिन् ।
उद्योगले प्रति महिना १२ हजार तयारी पोषाक उत्पादन गर्ने गरेको छ । उत्पादित सवै पोषाक नेपालमा नै बिक्रीबितरण भइरहेको उद्योगले जनाएको छ ।