पूर्व जनमुक्ति सेना अमर थापालाई उपचार खर्च अभाव

  • असार ९, २०७८ / नेपाल रेखा
alt

धरान । सुनसरीको धरान–५ देउरालीमा बसोबास गर्ने अमर थापालाई उपचार खर्च अभाव भएको छ । थापा जेठ २८ गतेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छन् ।
पूर्व जनमुक्ति सेना रहेका थापाको आन्द्रामा अल्सर भएर अप्रेसन गरिएको परिवारजनले जानकारी दिएका छन् । प्रतिष्ठानको वेडबाट थापाले ‘आर्थिक अभावले उपचारमा समस्या भइरहेको सबै साथीहरुलाई जानकारी गराउन चाहन्छु ।’ भन्दै पूर्व जनमुक्ति सेनाको फेसबुक ग्रुपमा म्यासेज पठाइ सहयोगको अपेक्षा गरेका छन् । थापाको अपेक्षा सामाजिक संजालमा पनि सार्वजनिक गरिएको छ । उनका परिवारजनले ऋण गरेर ८५ हजार रकम वीपी प्रतिष्ठानलाई तिरिसकेका छन्, अझै कति खर्च लाग्ने हो भन्ने चिन्ताले थापाको परिवारलाई सताएको छ ।
पूर्व जनमुक्ति सेना नेपालका सुनसरी अध्यक्ष प्रदीप श्रेष्ठले औषधिको ९० हजार रकम तिर्न बाँकी रहेको जानकारी दिए । उनले भने–‘आफूहरुसँगै जनयुद्ध लडेको साथीले अहिले अस्पतालको वेडबाट आर्थिक सहयोगको अपेक्षा गरेपछि हामी आफू–आफूमा सहयोग जुटाउदैछौं ।’ अमर थापाको उपचारका लागि दमकमा पनि सहयोग रकम जुटाउन लागि परेको पूर्व जनसेना सदस्य तथा थापाका नजिकका साथी जलनले जानकारी दिएका छन् ।
अमर थापा परिवारको गुजाराका लागि धरानमा दैनिक ज्यालादारीमा काम गर्ने गरेको स्थानीयवासीले बताएका छन् । उनको पुर्खौली घर पाँचथरको स्याब्रुम्वा हो । शान्ति प्रक्रियापछि उनी परिवारसहित धरान–५ देउराल बस्दै आएका छन् ।
उनले आर्थिक सहयोग गर्न चाहने महानुभावहरुको लागि ग्लोबल बैंक धरान शाखाको खाता नम्बर ६८०७०१०००३५९५ पनि सामाजिक संजालमा सार्वजनिक गरेका छन् । पूर्व जनमुक्ति सेनाहरुले आफूहरुले निःशुल्क उपचार सेवा पाउनु पर्ने माग पटक–पटक गर्दै आएपनि कुनै पनि सरकारले यसमा चासो नदिएको पूर्व जनमुक्ति सेना नेपाल प्रदेश १ सचिव एवम् सुनसरी अध्यक्ष प्रदीप श्रेष्ठको गुनासो छ ।

196478347_3027136134233154_8888859401206026703_n (1) AMAR THAPA

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]