‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

  • जेठ ९, २०७८ / "नेपाल रेखा"
alt

 

“पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।”

जनक पाण्डे/नेपालरेखा ।
लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो ।

शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्रेरित भएको ज्योति माध्यमिक बिद्यालय ईटहरीका पूर्व प्रधानाध्यापक भैरव सापकोटाले बताएका छन् ।

संवत २०३८ साल मंसिर महिना बाट शिक्षा सेवामा प्रवेश गरेर २०७७ साल मंसिर १४ गते अवकास प्राप्त गरेका सापकोटाले बिभिन्न जिल्लामा झण्डै दर्जन बिद्यालयमा शिक्षा सेवा दिईसकेका छन् ।

सापकोटाले पछिल्लो समय ईटहरीमा श्री ज्योति माध्यमिक विद्यालयमा प्रधान अध्यापकको भूभिका निर्वाह गर्दै बिद्यालयमा बिभिन्न भौतिक तथा शैक्षिक बिकाश र सुधारका कार्यहरु गरेर बिद्यालयलाई समाजमा चिनाउने कार्य गरे । यस बिचमा उनि बिभिन्न पूरस्कार तथा राष्ट्रिय सम्मान बाट समेत सुशोभित भईसकेका छन् । उनै ईटहरी उपमहानगर पालिका वडा नं. ५ स्थित ज्योति माबिका पूर्व प्रधान अध्यापक भैरव सापकोटाले नेपालरेखा  संग आफ्नो ३८ वर्षे लामो शिक्षा सेवाका अनुभव साटेका छन् ।

189569529_987695435314245_2623676963083273332_n
२०७१ साल चैत्र महिना १४ गते देखी ज्योति माध्यमिक बिद्यालयमा रहँदा भैरव सापकोटाले २०७७ साल मंसिर १४ गते सम्म ६ वर्षको सेवा अबधिमा ज्योति माबिको भौतिक, शैक्षिक र ब्यवस्थापकिय बिकास र सुधारमा बिभिन्न योगदान दिए ।

बिभिन्न संघ संस्थाबाट पुरस्कृत र सम्मानित भईसकेका सापकोटालाई सेवा कालमा आर्थिक अनियमितताको आरोप नआएको भने हैन । तर उनि भन्छन्– ‘ईमान्दारीताका साथ जिवनभरी बहन गरेका जिम्मेवारीहरुको मूल्याँकन हँुदोरहेछ ।’ आफुले थाहै नपाईकन सरकारले सम्मानका लागि मूल्याँकन गरिदिंदा धेरै सामाजिक जिम्मेवारीहरु निर्वाहगर्न आफुलाई उत्प्रेरणा मिलेको ज्योति माबिका पूर्व प्रधानाध्यापक सापकोटाले बताएका छन्– “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।”

गत चैत्र २७ गते सापकोटाले राज्यबाट शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पू¥याएवापतकोे सम्मान स्वरुपको शिक्षाज्योति पदकबाट बिभूषित हुने अवसर पाएका थिए । हरेक वर्ष राष्ट्रपतिबाट बिभिन्न क्षेत्रमा योगदान पूर्याउने ब्यक्तित्वहरुलाई नेपाल सरकारको बिभूषण अधिकारपत्र प्रदान गर्ने गरिएको छ ।

यो संगै उनले ईटहरी उपमहानगर पालिकाबाट बिद्यालयको ब्यवस्थापकिय सुधार र शैक्षिक बिकाशमा पू¥याएको योगदानको उच्च मूल्याँकन गर्दै राष्ट्रिय शिक्षा दिवशको अवसरमा सम्मान सहित नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरिसकेका छन् । त्यस्तै २७ औ शिक्षा दिवशको अवसरमा सुनसरी जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको शिक्षा सेवा कदर पत्र लगायतका बिभिन्न पुरस्कार, प्रसंसा तथा कदरपत्र बाट सापकोटा सम्मानित पनि भईसकेका छन् ।

संम्वत् २०३८ साल मसिंर बाट शिक्षा सेवामा प्रवेश गरेका सापकोटाले बिभिन्न जिल्ला मोरङ्ग, सुनसरी र सोलुखुम्बुमा शिक्षा सेवा प्रदान गरेका छन् । पहिलो शिक्षा सेवा पोष्टिङ्ग अन्तर्गत उनले मोरङ्गको साबिक केरौन गाबिस ४ नं. वडा स्थित प्रस्ताबित निमाबि रामनगर केरौन (बिद्यालय) मा सेवा प्रदान गरेका थिए ।

त्यसपछि सोलुखुम्बु मा बिभिन्न तिन बिद्यालयहरु श्री जुनबेंशी माबि, श्री हिमगंगा माबि र श्री हिमालय माबिमा अध्यापन गराए । सोलुखुम्बु, मोरङ्ग र सुनसरीका बिभिन्न बिद्यालय गरेर झण्डै दर्जन बिद्यालयहरुमा सेवा दिएका उनि पछिल्लो समय सुनसरीमा ईटहरीको श्री जनता माध्यमिक बिद्यालय हँुदै २०७१ साल चैत्र १४ गते ईटहरी उपमहानगर पालिका ५ नं. बडा स्थित श्री ज्योति माध्यमिक बिद्यालयमा प्रधान अध्यापकको जिम्मेवारी पाए ।

सापकोटाले ज्योति माबिमा बिद्यालयमा शैक्षिक स्तरोन्नति गर्दै बिज्ञान प्रयोगशाला, पूस्तकालय, कम्प्यूटर ल्याबको ब्यवस्थापनमा सुधार गरे । त्यसैगरेर २०७३ साल देखि बिद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राबिधिक तर्फ सिभिल ईन्जिनियरिङ्गको कक्षाको संञ्चालन गराउँदै जिल्लामै बिद्यालयको नाम उच्च बनाउन योगदान गरे ।

बिद्यालयमा थप भौतिक सुधारहरु सापकोटाकै पालामा भए । कक्षाकोठा निर्माण, ब्यवस्थित सौचालयको निर्माण, सभाहल, खेल मैदान, बगैचा, एसेम्लीका लागी मैदानमा ब्लक लगाएर सफा प्राङ्गण निर्माण गरियो । संगसंगै २०७५ साल फागुन १२ गते बिद्यालय संचालनको ५० वर्ष पूगेको अवसरमा बिद्यालयको स्वर्ण महोत्सव समेत मनाईएको छ । यसको सम्झना स्वरुप स्वर्ण महोत्सव गेट पनि सापकोटाका पालामा निर्माण भए ।

सापकोटा शैक्षिक क्षेत्र संगै बिबिध सामाजिक सेवाका आयामहरु संग पनि जोडिएका छन् । उनि जनजागरण पूस्तकालय ईटहरीका ५,पचरुखीका अध्यक्ष, लक्ष्मीनारायण मन्दिर ईटहरी पचरुखीका सचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीमा उपाध्यक्ष, र अञ्चल कमिटीमा सदस्य पदमा रहि कार्यभार सम्हालेका थिए । त्यसैगरेर, स्थानिय तहमा नेपाल राष्ट्रिय शिक्षक संगठन ईटहरीको संस्थापक अध्यक्ष भएर जिम्मेवारी बहन गरेका थिए । शिक्षा क्षेत्रमा योगदान दिंदै जनजागरण पूस्तकालयलाई समयसापेक्ष आधुनिक ढंगले पुस्तकालयको बिकाश गर्न आफु सक्रिय भएर लाग्ने सापकोटाले बताएका छन् ।

सापकोटा, खोटाङ्ग जिल्लाको हाल खोटेहाङ्ग गाँउपालिका साबिक सावाकटरे डुम्म्रीबोटेमा पिता डिल्लीप्रसाद सापकोटा र माता बिष्णुकुमारी सापकोटाको कोखबाटमा बिक्रम सम्बत् २०१७ साल मंसीर १५ गते जन्मिएका थिए । सापकोटा र उनकी र धर्मपत्नी अहिले ८९ वर्षका माता पिताका साथमा ईटहरीमा बसोवास गर्छन् । सापकोटाका चारजना छोरीहरुको बिवाह भईसकेको छ ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]