ईटहरीमा आइटीएफ तेक्वान्दो समिति गठन

  • चैत १३, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा / ईटहरी । तेक्वान्दो खेललाई प्रवर्धन गर्ने लक्ष्य सहित खेल प्रेमीहरुको भेलाले सुनसरीको ईटहरीमा आइटीएफ (अन्तराष्ट्रिय तेक्वान्दो फेडेरेशन) तेक्वान्दो संघको एघार सदस्यीय ईटहरी उपमहानगर समिति गठन गरेको छ ।


ईटहरी स्थित होटल मामाश्री को सभाहलमा भएको खेल प्रेमी, समाज सेवी र खेलाडीहरु लगायत केन्द्रिय समिति पदाधिकारी हरुको भेलाले आईटीएफ तेक्वान्दो संघ, इटहरी गठन गरेको हो ।


नव गठित कार्य समिति अध्यक्ष्य युस्टल दाहाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष्मा प्रतिक धिमिरे, सचिव संजोग तामाङ्ग, सहसचिव अभिनास सापकोटा र कोषाध्यक्ष्मा डिना श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा समिर कोइराला, रिमा गेलाल, अभियम राउत, राहुल चौधरी, आशिष बिश्वकर्मा र दिनेश चौधरी चयन भएका छन् ।


आईटीएफ तेक्वान्दो केन्द्रिय समित उपाध्यक्ष प्रबिण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथि नेकपा एमाले (ओली पक्ष) सुनसरी अध्यक्ष रेवती रमण भण्डारी, संगीतकर्मी तथा सामाजिक अभियन्ता राजु केसी रहेका थिए । त्यस्तै इटहरीका आमा समुह की अध्यक्ष हेमा दाहाल लगायत समुहका सदस्यहरु लगायत पत्रकारहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।


नव गठित समितिका अध्यक्ष यूस्टल दाहालले लोपहुँदै गईरहेको तेक्वान्दो खेलको प्रवर्धन गर्नमा आफु कृयासील रहने बताउँदै छिट्टै समितिको बैठकले निणर्य गराएर आगामी जेष्ठ महिना सम्ममा नगर स्तरिय खेलकुद कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

 

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]