स्वतन्त्र पत्रकारहरुले स्थापना दिवस मनाए "स्थापना दिवसको अवसरमा प्रभात फेरी र सामाजिक कार्य ।"

  • फाल्गुन २५, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा ।
ईटहरी । स्वतन्त्र पत्रकार संघ नेपालको  ९औं स्थापना दिवसको अवसरमा ईटहरीका स्वतन्त्र पत्रकारहरुले सोमबार बिहान ईटहरी चौक परिक्रमा गरेर प्रभात फेरी कार्यक्रम गर्दै मास्क र खाद्यान्न बितरण गरेर संघको स्थापना दिवस मनाएका छन् ।


कार्यक्रममा नगर परिक्रमा पश्चात स्वतन्त्र पत्रकारहरुले बजारमा मास्क समेत बितरण गरेका छन् । अन्तराट्रिय महिला दिवश समेत परेको दिन स्वतन्त्र पत्रकारहरुले “सामाजिक समानता कायम गरौं, महिला हिंशा अन्त्य गरौ”ं भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।

कार्यक्रमकै अवसर पारेर स्वतन्त्र पत्रकार संघ सुनसरीले निःशाय बालबालिक आस्रम ईटहरीमा बालबालिका लागि चामल, दाल, साबुन, सर्फ, खानेतेल र चिनी लगायतका दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।


बिहान ८ बजे गरिएको सो प्रभात फेरी कार्यक्रममा सुनसरीका स्वतन्त्र पत्रकारहरु राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डे, राष्ट्रिय सदस्य द्वय मोहन ढकाल र प्रेम गिरी लगायत प्रदेश पार्षद चिरंजिवी शिवाकोटी, राजकुमार उप्रेति लगायत सुनसरीका करिव दुई दर्जन बढी स्वतन्त्र पत्रकारहरुको उपस्थिति रहेको थियो ।


सुनसरीका अध्यक्ष खगेन्द्र जंग कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सचिव तेज बनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


लेखन स्वतन्त्र र निश्पक्ष हुनुपर्ने भन्दै स्वच्छ पत्रकारिताका लागि कुनै प्रलोभन, ब्यक्तिगत वा दलगत स्वार्थमा नपरिकन बिशुद्ध ब्यावशायीक पत्रकारिताको बिकाश का लागि स्वतन्त्र पत्रकार संघ नेपालले कार्य गर्नुपर्ने संघका राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेले बताउनु भएको छ  ।

158300003_710705569600616_2079840405487866121_n 158304493_1369520583395868_8246240293286414167_n 158931558_1044849856038261_5266249158171860261_n 158994758_272600530929365_151583729850117850_n 158941121_871907160052375_6916363465366543117_n 158941121_871907160052375_6916363465366543117_n (1) 158560913_186946669551206_1461709177300536947_n 158012334_874550323119454_8651187344828342233_n 158617938_743256312999460_7735699312371161034_n 158371142_2606486892978790_3039677914825106487_n 158821550_128222282562337_7863112110737374055_n

 



 

 

 

 

 

 

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]