गतिविधि बढाउदै पूर्व जनमुक्ति सेनाहरु

  • माघ २४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको विस्तारित बैठक शनिबार इटहरीमा सम्पन्न भएको छ । बैठकबाट उनीहरुले सम्पूर्ण पूर्व जनमुक्ति सेनाहरु एक हौं भन्ने नारा विभिन्न साँगठानिक निर्णय गरेका छन् ।
बैठकले विभिन्न ६ बुँदे निर्णयसमेत गरेको छ । पूर्व जनमुक्ति सेनालाई उत्पादनसँग जोड्ने भन्दै दुष्यान्त भट्टराईको संयोजकत्वमा उत्पादन समन्वय समिति निर्माण गरिएको छ । संयोजक भट्टराईले पूर्व जनमुक्ति सेनालाई कृषि उत्पादनसँग सहभागि गराउन आफू नेतृत्व लिन तयार रहेको बताए ।
त्यस्तै पूर्व जनमुक्ति सेनाको प्रदेशस्तरीय ट्रष्ट निर्माण गर्न प्रकाश राई (गौरव)को संयोजकत्वमा ५ सदस्यीय समिति पनि निर्माण गरिएको पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिका अध्यक्ष राजेश राई (विमल)ले जानकारी दिए । उनले शनिबार नै एक विज्ञप्ति जारी प्रदेश सचिवमा प्रदीप श्रेष्ठ (सौगात) लाई नियुक्त गरिएको जनाएका छन् ।
पूर्व जनमुक्ति सेनाको जायज माग र मुद्धाहरुलाई प्रदेश स्तरबाट तय गरी केन्द्रीय समितिलाई सुझावको रुपमा प्रस्तुत गर्न देवी गौतम (सन्तोष) को संयोजकत्वमा तीन सदस्यी कार्यदल निर्माण गरिएको छ । अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘गत माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषदले गरेको निर्णयहरु गणतन्त्र प्राप्तीको निम्ति योगदान पुर्याएका पूर्व जनमुक्ति सेनाका योद्धाहरुलाई गणतान्त्रिक सेनानीको रुपमा राष्ट्रिय सम्मानसहितको परिचय पत्र दिने र बाँकी जायज मागहरु पूरा गर्न अधिकार सम्पन्न कार्यदल बनाउने भन्ने निर्णयको स्वागत गर्दै कार्यदलमा थप पूर्व जनमुक्ति सेनाको तर्फबाटसमेत सहभागि गराउन जोडदार माग गर्ने निर्णय गरियो ।’
ंतर, विस्तारित बैठकमा प्रमुख अतिथिको रुपमा आएका पूर्व जनमुक्ति सेनाका कमाण्डर सविनले केपी ओलीसँग केही आशा गर्न नसकिने बताए । उनले भने–‘केपीओलीसँग आशा पनि छैन, गुनासो पनि छैन आफ्नो अभिभावकत्व आफैंले लिनु पर्छ ।’ सरकारले यस्तो निर्णय गरेपछि विभिन्न ठाउँमा बसोबास गरिरहेका पूर्व जनमुक्ति सेनाहरुले साँगठानिक गतिविधि बढाउन थालेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]