एक हजार बढीको संघर्ष समिति गठन गर्दै सुनसरीका महिला आन्दोलनको मैदानमा

  • पुस २८, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले मंगलबार जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा जिल्लाभरिका अगुवा महिलाहरु सहभागि भएका थिए ।
पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका महिलाहरुको भेलालाई सो पार्टीका केन्द्रीय नेताहरुले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।
भेलालाई सम्बोधन गर्दै सो पार्टीको केन्द्रीय सदस्य एवम् महिला फ्याक्सन इन्चार्ज कमला रोकाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघठन गरेर संविधानमाथि नै हमला गरेको बताइन् । पूर्व मन्त्रीसमेत रहेकी उनले प्रधानमन्त्री र राष्ट्रपतिको अवैधानिक कदमको डटेर सामना गर्न भेलामा उपस्थित महिलाहरुलाई निर्देशनसमेत दिइन् ।
त्यसैगरी, पार्टी केन्द्रीय सदस्य एवम् सोही पार्टीका सुनसरी जिल्ला इन्चार्ज धर्म निरौला, केन्द्रीय सदस्य एवम् सुनसरी सहइन्चार्ज रामकुमारी चौधरी र पार्टी १ नम्बर प्रदेश कमिटि सदस्य यशोदा अधिकारीले अगुवा महिला कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै प्रतिनिधिसभा पुनःस्थापनाको आन्दोलनमा जोडदार रुपमा अघि बढ्न निर्देशन दिएका थिए ।
भेलामा सुनसरी महिला विभाग प्रमुख सपना परियार (सन्ध्या) ले १ हजार ५१ सदस्यीय जिल्ला स्तरीय संघर्ष समिति पनि गठन गरेकी थिइन् । त्यसको संयोजकमा पार्टी प्रदेश कमिटि सदस्य निरा आचार्य (खनाल) र सहसंयोजमा पार्टी जिल्ला कमिटि सदस्य एवम् महिला विभाग प्रमुख सपना परियार (सन्ध्या) रहेका छन् ।
कार्यक्रमको सभापतित्व वेनु काफ्लेले गरेकी थिइन् भने स्वागत मन्तव्य रेखा खतिवडाले व्यक्त गरेकी थिइन् । कार्यक्रमको संचालन ज्योति लिम्बूले गरेकी थिइन् ।

138253711_3522916071129008_4682883878023822990_o 138645879_3522916614462287_2434996095404619541_o

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]