प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन इटहरीमा छलफल

  • मंसिर २१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । प्राविधिक शिक्षा र तालिमलाई गुणस्तरीय बनाउने उद्देश्यले इटहरीमा छलफल गरिएको छ ।
सुनसरीको इटहरीमा संचालित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको संयोजनमा प्राविधिक क्षेत्रका विज्ञ र नेतृत्वकर्ताहरुसँग शुक्रबार छलफल गरिएको हो । सो छलफलमा प्राविधिक शिक्षाका विज्ञ प्राध्यापक डाक्टर आरबी थापा र नन्दकुमार थापाले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि २४ जना प्राविधिक क्षेत्रका विज्ञहरुले सुझावहरु पेश गर्नु भएको थियो । कार्यपत्रमाथिको छलफल पछि प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन सिटीईभिटीले तयार गरेको आधारभूत मापदण्ड प्राविधिक शिक्षालयहरुले कार्यान्वयन गर्नुपर्ने, प्राविधिक शिक्षालयका प्रमुख र व्यवस्थापन समितिका अध्यक्षहरुबीच छलफल र समन्वय हुनुपर्ने, दक्ष प्रशिक्षकको नियुक्ति गरिनुपर्ने लगायतका सुझावहरु पेश भएका छन् ।
त्यसैगरी, चुस्त एवम् प्रभावकारी व्यवस्थापन, स्थानीय आवश्यकताको पहिचान गरी कार्यक्रम उत्पादन, गुणस्तरीय विद्यार्थी छनौट गर्नुपर्ने सुझावहरु विज्ञहरुले दिनु भएको छ । साथै विद्यार्थीहरुलाई आय आर्जन गर्दै पढ्ने अवसर दिनुपर्ने, साझेदार संस्था र प्रतिष्ठानहरुबीच नियमित समन्वय र सहयोग हुनुपर्ने, पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई नियमितता दिनुपर्नेलगायत १५ बुँदामा विज्ञहरुले सुझाव दिनु भएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीका अध्यक्ष निर्मल बरालले बहुप्राविधिक शिक्षालय प्रमुख तथा व्यवस्थापन समितिहरुको संघ गठन गरी विस्तार गर्न नन्दकुमार थापालाई संयोजकसमेत तोकिएको जानकारी दिनु भयो । थापा सिरहाको गोलबारजमा रहेको जयगोविन्द साह बहुप्राविधिक शिक्षालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनु भएको छ । छलफलमा रत्नकुमार वान्तवा स्मृति प्रतिष्ठान इलाम, निर्मल लामा स्मृति प्रतिष्ठान बर्दीवास, पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान दमकका प्रतिनिधि तथा संचालकहरुको समेत सहभागिता रहेको थियो ।
सुनसरीको इटहरीमा संचालित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले सिटीइभिटीको सम्बन्धन र साझेदारीमा सिभिल इन्जिनियरिङ्ग, होटल म्यानेजमेन्ट र कृषि, बालि विज्ञानमा ३ बर्षे डिप्लोमाका लागि मंसिर २८ गतेदेखि पढाई अघि बढाउने तयारी गरिरहेको शिक्षालयका प्राचार्य अर्जुन उप्रेतीले बताए ।

129066954_4702711066469814_1529306806015193543_o 1 128747243_4702711886469732_5438125608937806294_o

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]