आधारभूतहमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गरिने "शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीमा वडाको चासो "

  • कार्तिक २८, २०७७ / "नेपाल रेखा"
alt


जनक पाण्डे । मोरङ्ग / वडाका चारवटै बिद्यालयलाई आधारभूत तहमा अंग्रजी माध्यमका कक्षा संञ्चालन अनिवार्य गराउन पथरी शनिश्चरे नगरपालिका ५ नं. वडाले काम थालेको छ ।


पछिल्लो समय वडाका सामुदायीक बिद्यालयहरुमा पढाई खस्किएको र गुणस्तरीय नभएको भन्दै जनगुनासो बढेपछि अंग्रेजी माध्यमका बिद्यालयहरुमा अभिभावक तथा बिद्यार्थीहरुको आकर्षण बढिरहेकोबेला वडाका सामुदायीक बिद्यालयहरुमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न लागिएको हो ।


सामुदायीक बिद्यालयमा प्रतिस्पर्धी र गुणस्तरिय शिक्षा सेवा प्रवाह गर्ने उद्देश्यले ५ नं. वडाका चारवटै बिद्यालयको आधारभूत तहमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न यसको तयारी थालिएको पथरी–शनिश्चरे नगरपालिका ५ नं. वडा अध्यक्ष जोगबहादुर धिमालले बताउनु भएको छ ।


कक्षा ३ सम्म अंग्रेजी माध्यमको पढाई संञ्चालन गराउन निजी स्रोत शिक्षक परिचालनका लागि वडाका चारवटै बिद्यालय श्री अमरसिंह माबि., श्री सुगाहाट माबि., श्री सहिद रामलक्ष्मण आधारभूत बिद्यालय र श्री जनता आधारभूत बिद्यालयले सहयोग रकम पाउने भएका छन् । प्रत्येक बिद्यालयलाई दुइ लाखका दरले चारवटै बिद्यालयहरुलाई जम्मा आठ लाख रुपैंया शैक्षिक सुधारका लागि चालु बजेटबाट छुट्याएको पनि वडा अध्यक्ष धिमालले बताउनु भएको छ ।


यसैबिच नगरमा आफ्नो वडाका सामूदायीक बिद्यालयहरुमा शैक्षिक गुणस्तरमा कमि हुनुमा वडा प्रतिनिधीहरु, अभिभावक, बिधार्थी एवं शिक्षक सवैको कमिकजोरी रहेको बताउँदै पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले भन्नुभयो– “बालबालिकाको भविश्य निर्माणमा अभिभावक लगायत हामी सवै एकजुट हुन आवश्यक छ ।” अभिभावक दिवसमा बिद्यालयमा उपस्थित भएर आफ्ना बिद्यार्थी र बिद्यालयको प्रगति बिवरण र समस्याहरु बारे छलफल गरेर सुझाव सल्लाह दिन पनि वडा सदस्य चेतेन्द्र खड्काले अभिभावक तथा वडाबासीहरु संग आग्रह गर्नुभएको छ ।


चालु आव.मा पथरी शनिश्चरे नगरपालिका ५ नं. वडाले शैक्षिक सुधारका कार्यक्रम संगै स्वास्थ्य कृषि र खानेपानीलाई प्राथमिकतामा राखेर वडाका योजनाहरु अघि बढाएको छ । साथै पूर्वाधार बिकाश निर्माण तथा लक्षित समुदाय कार्यक्रममा ध्यान दिएको वडामा चालु आवमा पचहत्तर लाखको बजेट योजना रहेको छ ।


वडा अध्यक्ष जोगबहादुर धिमालका अनुुसार स्वास्थ्य तर्फ ल्याव परिक्षणमा सहजीकरण गर्न दुई जना ल्याव टेक्निसियनको नियूक्तिको योजना रहेको र सेवा सर्वसुलभ र प्रभावकारी बनाउदै लगिने जनाईएको छ ।


कृषिमा राहत र प्रवर्धनका लागि पाँच लाख रुपैंया छुट्याईएको छ । किटनाशक औसधी छिट्ने ट्याङ्की खरिद गर्ने योजना संगै  सवै कृषकहरु लाभान्वित हुनेगरी छलफल र समन्वय बाट कृषिमा आवश्यकता अनुसार बस्तु तथा सेवा प्रवाह गरिने बताईएको छ ।


त्यस्तै चालु आवमा लक्षित समुदाय कार्यक्रममा ६९ घर परिवारलाई जस्ता पाताले घर छाउने गरि प्रति परिवार पचास हजार रुपैंयाको दरले जम्मा चौतिस लाख ५० हजार रुपैंया छुट्याईएको छ ।


त्यसैगरेर शडक निर्माण र पूर्वाधारमा वडाका भित्रि वाटो निर्माण तथा स्तरोन्नति का लागि बिभिन्न बाटोहरु लाई पचास हजार का दरले दश लाख ५० हजार छुट्याईएको वडा अध्यक्ष धिमालले जानकारी गराउनु भएको छ ।


त्यस्तै वडामा खानेपानी योजनामा समेत कार्य भईरहेको छ । दुइ लाख ५० हजार लिटरको पानी ट्याङ्की निर्माण, एक करोड लगानीमा कम्पाउण्ड वाल (पर्खाल) र चालिस लाख लागतमा बोरिङ्ग को योजना निर्माणाधिन रहेको बताईएको छ । खानेपानी मन्त्रालय मार्फत पथरी शनिश्चरे नगरपालिकाको समन्वय र उपभोक्ता समिति हसन्दहको रेखदेखमा योजना चलिरहेको स्थानिय समाजसेवी उपेन्द्र थापाले बताउनु भएको छ ।

 

 

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]