आन्तरिक स्रोतबाट अतिरिक्त बिकाश निर्माण "गर्दा जहिँतहीँ नगर्दा कहिँनकहीँ"

  • कार्तिक २८, २०७७ / "नेपाल रेखा"
alt


जनक पाण्डे
मोरङ्ग / पथरी–शनिश्चरे नगरपालिका अन्तर्गतको ५ नं. वडा पालिकाको बजेट बाहेक नै वडाबासी आफूहरुले जुटाएको आन्तरिक स्रोतको सदुपयोग गर्दै थप अतिरिक्त बिकाश निर्माण कार्यमा जुटेका छन् ।


दाताहरुको सहयोग लगायत अन्य सामाजिक सहयोगबाट प्राप्त आन्तरिक स्रोतबाट नै अतिरिक्त योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित वडामा छनौट भएका स्थानहरुमा सामुदायीक भवन र चिल्ड्रन पार्क बनाईने पथरी शनिश्चरे नगरपालिका, ५ नं. वडाका अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । त्यस्तै बक्राहानदी शव दाहसंस्कार घाटमा मलामी प्रतिक्षालय पनि निमार्ण गरिने अध्यक्ष धिमालले जानकारी दिनुभएको छ ।


२०७३ सालमा आयोजना गरिएको श्री मद्भागवत ज्ञान महायज्ञ (महापूराण) मा दानबीर दाताहरु बाट प्राप्त संकलित उन्नाई लाख रुपैंया सामुदायी भवन निर्माणका लागि योजना बनाईएको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले जानकारी दिनुभएको छ । दाताहरु बाट भवन निर्माणका लागि जग्गा पाउने बित्तिकै निर्माण कार्य गरिने पनि वडा सदस्य खड्काले बताउनु भएको छ ।

chetendra


सामुदायीक भवन बनेपछि स्थानिय बिवाह, ब्रतवन्ध लगायत बिभन्न सास्कृतिक कार्यक्रम, सामाजिक सभा, समारोह आयोजना गर्न सजिलो हुने स्थानियले आशा राखेका छन् । उक्त ज्ञान महायज्ञ पूराणमा सवैभन्दा बढी दानबीर– वडा सदस्य चेतेन्द खड्काले एक लाख २५ हजार रुपैंया समेत दान गर्नु भएको थियो ।


त्यसैगरी बक्राहा नदी किनारमा निजी जग्गामा हुर्किएका निजी–बनको काठ–दाउरा बिक्री बाट सत्र लाख रुपैंया आम्दानी सहयोग पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा हसन्दहलाइ प्राप्त भएको छ । उक्त निजी बनको आम्दानी सत्र लाख रुपैंया समेत दाताले बिकाश निर्माणका लागि दिएपछि वडामा थप बिकाश योजना बनाउन सजिलो भएको स्थानियहरु बताउँछन् ।


निजी बनको आम्दानी सहयोग सत्र लाख रुपैंया बक्राहानदी शव दाहसंकार घाटमा मलामी प्रतिक्षालय निर्माण गर्नका लागि प्रयोग गरिने बडा अध्यक्ष जोगबहादुर धिमालले यो समाचार पोर्टल, नेपालरेखा डटकम लाई बताउनु भएको छ ।


त्यस्तै चिल्ड्रन पार्क निर्माणमा स्थानिय श्री अमरसिँह माबि.हसन्दह लाई प्राप्त भएको ३ बिगाहा क्षेत्रफलको सार्वजनिक जग्गाको सदुपयोग गरिने भएको छ । पार्क निर्माणमा बृहत स्तरमा खेलकुद र मनोरन्जन सहितको बालबाटिका निर्माण हुने अपेक्षा स्थानियबासीले गरेका छन् ।

पानीका फोहोरा सहित बालबालिकाको लागि मनोरञ्जन र पुर्नताजगी लगायत मनोवैज्ञानिक स्तरबाटै बालबालिकाको बृद्धिबिकाशमा सघाउ पूर्याउने उद्देश्यले चिल्ड्रन पार्कको योजना बनेको र यसको प्रारम्भिक डिपीआर समेत तयार गरिएको अध्यक्ष धिमालले जानकारी गराउनु भएको छ । यद्दपी पार्कको योजनामा अतिरित्त बजेको ब्यवस्था भएको छैन् । वडाको बिकाश बजेटबाटै एक लाख रुपैंया भने सुरुवाति चरणका लागि छुट्याईएको वडा अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । बाँकी योजनाबद्ध रुपमा पार्क निर्माण कार्यसम्पादन गर्दै लगिने पनि अध्यक्ष धिमालले बताउनु भएको छ ।


स्थानियबासीहरुको चाहना र आवश्यता अनुरुप सामाजिक एकता, सहयोग र सद्भावको परिणाम स्वरुप यस्तो सामाजिक कार्यको योजना जुरेको पनि वडा अध्यक्ष धिमालले बताउनु भएको छ ।

 

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]