बिकाशका लागि ईमान्दार र प्रतिस्पर्धी भएरै लाग्नुपर्ने "आफ्नो नगरको खुलेरै बिकाश गछौं,"

  • आश्विन १९, २०७७ / "नेपाल रेखा"
alt

“जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ ।

 

जनक पाण्डे/ईटहरी । आफ्नो नगरको समुन्नत बिकाशका लागि सबैले ईमान्दार र प्रतिस्पर्धी भएरै बिकाश निर्माण कार्यमा लाग्नुपर्ने पथरी–शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाको धारणा रहेको छ ।


कृषि र ब्यापार ब्यावशायलाई आफ्नो अर्थतन्त्रको मूल खम्बा मान्दै आएको पथरीनगरको मूख्य अर्थ–ब्यावशाय के होला ? भन्ने प्रश्नमा नेपालरेखा डटकम संगको कुराकानीमा कृषि, ब्यापार र पर्यटन नै आफ्नो नगरको अर्थतन्त्रको आधार रहेको र यसका लागि आफुहरुले खुलेरै लाग्ने नगरकी उप–प्रमुख यमुना बिष्टले बताउनु भएको छ ।


सवैक्षेत्र समेटिएको को हिसावमा हेर्दा स्थानिय क्षेत्रमा मोरंगको पथरी नगर एउटा ब्यापारिक केन्द्रको रुपमा स्थापित भएको साबित हुन्छ । यो नगरले कानेपोखरी गाँउपालिका, लेटाङ्ग नगरपालिका, उर्लावारि नगरपालिकाका मंगरवारे लगायतका क्षेत्रहरु, पथरी उत्तरमा जाँते बजार संगै दक्षिणी सीमाको सुनबर्षी नगरपालिकाको केहि भू–भागहरु बाट समेत ग्राहकहरु किनमेलका लागि यहाँ आउनेगरेको स्थानीय ब्यापारीहरु बताउने गर्छन् ।


शिक्षा स्वास्थ्य र ब्यापारकै हिसाबले स्थानीय स्तरमा केन्द्रबिन्दु बनेको पथरी नगरमा उद्यम र ब्यावशायका लागि सम्भावना धेरै छ । यद्दपी, अहिले कोभिड १९ का ब्यवधानका कारण कृषि पेशा नै दिगो ब्यावशाय साबित भएको उपप्रमुखको ठम्याई छ । यस्तो अवस्थामा हामीले कृषिलाईनै अझ प्रोत्साहन र प्रवर्धन गरेर अगाडी बढ्नु पर्ने उपप्रमुख बिष्टले बताउनुभयो । 


यी बाहेक नगरले पर्यटनका लागि पनि सम्भावनाहरु खोजेको छ । त्यसैको एउटा नमुना भूल्के शान्ती सिमसार क्षेत्र त्यस्तै मनकामना सामुदायीक सिमसार क्षेत्र पर्यटन तथा अध्ययन–अवलोकनका लागि नयाँ गन्तब्य बनेका छन् ।
बिकाश निर्माका सन्दर्भमा कुरा गर्दै उमप्रमुख बिष्टले चालु योजना अन्तर्गत प्रत्येक वडामा आधारभूत स्वास्थ केन्द्र निर्माण हुने । यसै बर्ष पाँच वटा वडाहरु २, ७, ८, ९, १० नं. वडा मा आफ्नै वडा भवन निर्माण गरिने लगायत शडक, ढल निर्माण कार्य चालु योजनाहरुमा रहेको पनि जानकारी दिनुभएको छ । 


“जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ ।

 

पथरीमा भूल्के सिमसार क्षेत्र

 

आफ्नो नगरमा आन्तररिक तथा बाह्य पर्यटनलाई प्रवर्धन गर्दै स्थानीय आर्थिक गतिबिधि बढाउन नगरपालिकाले आफ्ना क्षेत्र वरिपरीका स्थानहरुमा पर्यटकिय स्थलहरुको खोजि गरेको छ ।


आफ्नो नगर भित्र रहेका प्राकृतिक स्रोत साधनको पहिचान, संरक्षण र संबर्धन गर्दै पथरीनगरले आन्तरिक पर्यटनलाई टेवा पूर्याउन नयाँ सिमसार क्षेत्रहरुको खोजि गरेको नगरकी उप–प्रमुख यमुना बिष्ट बास्तोलाले बताउनु भएको छ । 
भण्डै पन्ध्र देखी २० बिगाहा क्षेत्रफलमा फैलिएको भूल्के शान्ति सिमसार क्षेत्र अहिले पथरीको पहिचान बन्न थालेको छ । पूर्वाधारहरु निर्माण भईसकेको सिमसारमा क्षेत्रमा माछाका भूरा समेत राखिएको, बनभोज र मनोरंञ्जनका लागि ब्यवस्थित स्थलहरु बनाईएको छ ।


डुंङ्गा शयरका लागि बोटिङ्गको समेत ब्यवस्था गरिएको सिमसार क्षेत्रमा पर्यटक र अवलोकनकर्ताहरुले प्राकृतिक जिव तथा बनस्पतिहरुको अध्ययन–अवलोकन सहज बन्नेमा पनि उपप्रमुखको बिस्वास छ ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]