बीपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका का लागि बिरामीहरु अस्पताल प्रांगणमा आफ्नो पालोको लागि लाईन बस्दै ।
ईटहरी । कोरोना भाईरसका कारणले बिपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा बिरामीहरुले सहज उपचार गराउन नपाएको गुनासो आउनेगरेका छन् । उपचारका लागि बिरामीले ओपीडी टिकट लिनमात्रै पनि घण्टौँसम्म लाईन बस्नुपर्ने दुखेसो उपचारका लागि आउने बिरामीहरुको रहेको छ ।
एउटा बिरामीले डाक्टर सम्म पुग्न पाँचठाँउ लाइन बसेर मात्र डाक्टर भेट्न पाँउछन् । एक पछि अर्को लाईन छिचोल्दै पालो आएपछी बिरामी एक्लैलाई मात्र उपचारका लागि जान अनुमति दिईन्छ ।
बिरामी पूर्जा लिन सवैभन्दा पहिला लाइन बाट कुपन लिने, त्यसपछि पूर्जाको लागि लाईन, अनि त्यसपछि पालोको लागि बाहिर अस्पताल परिसरमा लाईन, घण्टौँ को लाईन पछाडी बिल्डीङ्ग भित्र प्रवेश को पालो, त्यसपछाडी पनि प्रतिक्षालय कोठामा (वेटिङ्ग रुममा) बिरामीले उपचारका लागि पालो कुर्नुको कुनै बिकल्पछैन ।
यसरी पटक पटक अस्पतालको आँगन देखि भित्र सम्म पालोका लागि सर्वसाधारणले कोराना जोखिममा निकै सास्ती खेप्नु परे संगै कोरोना भाईसरको संक्रमण जोखिम पनि बढेको छ ।
फोटोफिचरः
जनक पाण्डे