कोरोनाले वडा कार्यालय भवन निर्माण प्रभावित

  • असोज १५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ को भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।
७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो ।
नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ७८ लाख लागतमा ५ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ ।
यतिबेला मासिक १२ हजारमा ४ कोठा भाडामा लिएर बर्जुको शुक्रबारे बजारमा वडा कार्यालय संचालन हुदै आएको छ ।
वडा अध्यक्ष गुरुङ्ग अवस्था सहज भएपछि निर्माण कार्य पूरा गराई पुस÷माघतिर नयाँ भवनबाट सेवा प्रदान गर्ने बताउनुहुन्छ ।

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]