नेकपाका संस्थापकमध्ये नरबहादुर कर्माचार्यको स्मृतिमा सभा आयोजना

  • साउन ९, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको सातौं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा विभिन्न वक्ताहरुले नेपाल कम्युनिष्ट निर्माणमा उहाँको योगदानबारे मन्तव्य व्यक्त गर्नु भएको छ ।
मन्तव्यका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धर्मराज निरौलाले संस्थापक कर्मचार्यसँग आफ्नो भेट भएको स्मरण गर्नु भयो । नेपाल कम्युनिष्ट (नेकपा) सुनसरी जिल्ला पार्टी इन्चार्जसमेत रहनु भएका निरौलाले भेट भएपनि अन्तरंग कुराकानी भने हुन नपाएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘आज नेपालमा कम्युनिष्ट पार्टीले जुन उचाई हासिल गरेको छ, त्यसको श्रेय संस्थापकहरुलाई दिनु पर्छ ।’ देशका तीनै तहको सरकारको नेतृत्व नेकपाले गर्नुमा संस्थापकहरुको महत्वपूर्ण र ऐतिहासिक भूमिका रहेको उहाँले बताउनु भयो ।
नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य भएको बताइन्छ । तर, कार्यक्रममा भने मोती देवी श्रेष्ठ र रत्नलाल ब्राम्हणसमेत नेकपाको संस्थापक भएको चर्चा चलाइएको थियो ।
उहाँले सबै संस्थापकहरुको स्मृति दिवस मनाउनु पर्ने बताउदै आजको सन्दर्भमा पार्टी एकतालाई अझ मजबुद बनाउनु पर्ने सवालमा जोड दिनु भयो । नेकपाको केन्द्रीय तहका शीर्ष नेतामा विवाद रहेकै सन्दर्भमा भएको कार्यक्रममा उहाँले अहिलेको विवादले पार्टी झन एकजुट हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । नेताहरुले पार्टीको संगठनात्मक सीमा नाघेकोले विवाद उत्पन्न भएको र त्यसप्रति नेतृत्व सचेत रहनु पर्ने सुझाव पनि उहाँले व्यक्त गर्नु भएको छ । उहाँले अगाडि थप्नु भयो–‘पार्टीलाई मजबुद बनाउन नेतृत्वलाई खबरदारी गर्नु पर्छ ।’

109736021_10219166433004424_2055196435675732264_n
त्यस्तै प्रतिष्ठानका अध्यक्ष एवम् सुनसरी सहइन्चार्ज निर्मल बरालले नरबहादुर कर्मचार्य जनयुद्धमा भौतिक रुपले सामेल नभएपनि अन्य सहयोग गरेको बताउनु भयो । उहाँले यस्ता प्रतिष्ठानहरुलाई आगामी दिनमा व्यवस्थित गरेर संचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नु भयो । बरालका अनुसार नेकपाको प्रथम महाधिवेशबाट मजदुर आन्दोलन हाँक्ने जिम्मा कर्मचार्यलाई परेको थियो । त्यसैले कर्मचार्य विराटनगरको जुट मिल आई त्यहाँका मजदुरहरुलाई संगठित गर्नु भएको इतिहास छ ।
त्यसैगरी, इटहरी उपमहानगरका प्रमुख एवम् पार्टीका प्रदेश कमिटि सदस्य द्वारिकलाल चौधरी, सोही पार्टीका इटहरी सहइन्चार्ज राजकुमार गिरीले श्रद्धान्जलीसभामा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रतिष्ठानका सदस्य अर्जुन उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका अर्का सदस्य खगेन्द्र ओलीले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इटहरी अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)ले गर्नु भएको थियो ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]