धरानको विकासको लागि नेताहरुको टोली मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त

  • साउन ९, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर, उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो “मुकेश“, संघिय सांसद जयकुमार राई नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान १७ का वडाध्यक्ष सूर्य भट्टराई, नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेल, धरान उद्योग बाणिज्य सँघका अध्यक्ष गिरीधारी सापकोटा लगायतको टोली अहिले काठमाडौंमै छ ।
विशेषतःधरान खानेपानी, कोशी राजमार्ग, कोशी करिडोरले गरेको क्षति, धरान स्मार्ट बसपार्क, ऐयरपोर्ट लगायतका समसामयिक विषयमा मन्त्रीलाई भेटेर छलफल भइरहेको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग भेटेर छलफल भएको उनले जानकारी दिए । उनले विभिन्न मन्त्रालय र मन्त्रीसँग भेटेर विभिन्न विषय साथै खानेपानीको विषयमा छलफल भइरहेको बताए ।115932579_941383616289383_1450331456947485836_n
कोशी करिडोर विद्युत प्रसारण लाइन निर्माणको क्रममा धरानको जलाधार क्षेत्रलगायतमा परेको असरबारे मन्त्री पुनसँग छलफल चलेको उनले जानकारी दिए । मन्त्री पुनले आवश्यक सहयोग गर्ने र अनुगमन गर्ने वचन दिएको उनको भनाइ छ । ‘कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माणको क्रममा धरानमा निकै धेरै क्षति भएको छ, पहिरो र भूक्षय बढाएको छ, रोकथाम, नियन्त्रण र निर्माणका लागि पहल गरिदिनुहोस् भनेर मन्त्री पुनलाई भनिसकेका छौं, यस विषयमा मन्त्री पुन सकारात्मक हुनुहुन्छ ।’ उनले भने करिडोरको टावर निर्माण गर्दा पहिरो गएको, खानेपानीकै मुहानमा तार झरेको समेत बताए । टोलीका नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो “मुकेश“ र संघिय सांसद जयकुमार राईले संघिय मन्त्रीहरूसँगको सहजिकरणमा विशेष भूमिका रहेको नगर प्रमुख तिलक राईले बताएका छन् । धराने जनताको अति चासोको विषय कोशी राजमार्ग र खानेपानी बारे गहन छलफल भईरहेको नगर प्रमुख राईले बताएका छन् ।
धरानको मुख्य बजार क्षेत्र ४ लेनकै बनाउने धरान उपमहानगरपालिकाले निर्णय गरेको थियो । आव ०७७–७८ को नीति तथा कार्यक्रम साथै नगरसभाले नै ४ लेनको नीतिगत निर्णय नै गरेको छ । यो निर्णयले कोशी लोकमार्गको धरानको मुख्य बजार क्षेत्रमा ८० फुटको बन्नेछ । तीनकुनेदेखि शिवधारासम्मको सडकलाई सहरी सडक बनाउने घोषणा गर्दै ८० फुटको मापदण्ड कायम गरिने भनिएको छ ।
धरानको मुख्य सडकबाट कि बाइपासबाट सडक जाने भन्ने विषयमा नागरिक स्तरमासमेत छलफल चलिरहेको छ । धरानको मुख्य सडकबाट विस्तार हुँदा मुख्य बजार नै नरहने भएपछि धरानमा सर्वाधिक चर्चा र चासोको विषय बन्दै गएको छ । चीनसम्म जोड्ने जोगबनी किमाथाङ्कासम्मको ६ लेनको बाटो विस्तारको योजना बनेपछि विवाद बढेको थियो । कोशी राजमार्गलाई मापदण्डअनुसार विस्तार गर्दा धरानको भानुचोकदेखि छाताचोकबीचको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि धरान उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा वाइपास सडकको प्रस्ताव पेश गरेको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]