इटहरी । लायन्स क्लब अफ इटहरी एक्टिभको आयोजनामा सोही क्लबका सदस्य जितेन्द्र थापाको सहयोगमा एक संस्थालाई खाद्यान्न प्रदान कार्यक्रम गरिएको छ ।
इटहरीको निसहाय बालबालिका सेवा आश्रमलाई खाद्यन्न प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ इटहरी एक्टिभकी संस्थापक अध्यक्ष रन्जु सिग्देलले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी फस्ट डिस्ट्रिक भाइस गभर्नर रेबत कार्की रहनु भएको थियो ।
कार्यक्रममा लायन लिडरहरु उदयनारायण बराल, राजेन्द्रकेशरी घिमिरे, रमेश खत्री, थानेश्वर ढकाल, लक्ष्मी बराल, लियो क्लबका अध्यक्ष उज्ज्वल सिग्देल आदिको विशेष आतिथ्यता रहेको थियो । क्लबका सदस्यहरुले आफ्नो खुशीका पलहरु समाजमा बाँडेर खुशी मनाऔं भन्ने उद्देश्यले लायन्स क्लब अफ इटहरी एक्टिभका सदस्य जितेन्द्र थापाको शुभ जन्मदिनको अवसर पारेर उहाँकै सहयोगमा १५ हजार बराबरको नगद र जिन्सी सामाग्री निसहाय बालबालिका सेवा आश्रमकी संचालिका गिता गौतमलाई हस्तान्तरण गरिएको थियो ।