संसद रामकुमारी चौधरीद्वारा महिला सुरक्षाको लागि सरकारको ध्यानाकर्षण

  • असार ९, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् संसद रामकुमारी चौधरीले बढ्दो महिला हिंसा न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले लकडाउन अवधिमा महिला हिंसा बढेको तथा क्वारेन्टाइनमा बसेका महिलाहरु असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
पछिल्लो रिपोर्ट अनुसार मुलुकभर ३ सय ७३ बलात्कारका घटना भएका छन् । त्यसैगरी, बहुविवाह ३४, बालविवाह ९, मानव बेचबिखन ९, बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना भएका छन् । यी घटनाको रिपोर्ट प्रतिनिधिसभा बैठकमा जानकारी गराउदै उहाँले भन्नु भयो–‘घटनाबाट पीडित महिला तथा बालबालिकालाई राज्यले सुरक्षा प्रदान गरी न्याय दिनु पर्छ ।’
नेपाल प्रहरीका अनुसार ११ चैत्र देखी ३२ जेठ सम्म देशभर महिला हिंसासँग सम्बन्धित पाँच सय ४० घटना भएका छन् । ‘यी घटना घट्नुमा दण्डहिनता मौलाउनु हो’ उहाँले भन्नु भयो । उहाँले अगाडि भन्नु भयो–‘कानुन कडा भए पनि कार्यान्वयनको पक्ष फितलो हुदा महिला हिंसाका घटना न्यूनीकरण नभएको हो ।’ महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सरकार गम्भीर हुनु पर्ने कुरामा सांसद चौधरीले जोड दिनु भयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]