नेकपाले दियो बराहक्षेत्र नगर प्रमुखलाई बजेटबारे राय सुझाव

  • असार ९, २०७७ / "नेपाल रेखा"
alt

बराहक्षेत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७÷७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।
कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तक्र्रिया गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए ।
नेकपाले प्रतिवेदनमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगार र भौतिक विकासलाई क्रमशः प्राथमिकीकरणमा राखेको छ । नेकपाले सरोकारवालासँगको विषयगत छलफल आर्थिक, वर्ष २०७७÷७८ को संघ प्रदेशको नीति कार्यक्रम मस्यौदा बजेट, पार्टी घोषणा–पत्र, दीगो विकासका १७ लक्ष्य र वडाबाट प्राप्त सुझावलाई प्रतिवेदनको आधार मानेको सुझाव संकलन कार्यदलका संयोजक पुष्प ढुंगानाले जानकारी दिए ।
नेकपाले नीतिगत सुझाव अन्तर्गत शहरीकरणको योजनासहित खानेपानी, सरसफाइ, ढल निकास, विद्युत विस्तार, दूरसञ्चार सेवासँग आवश्यक समन्वय गरी वातावरणमैत्री कार्य योजना बनाउन र नगर प्रोफाइल तयार गर्न भनेको छ । अव्यवस्थित बसोबासको नियमन र नियन्त्रण, व्यवस्थित बासोबासको प्रबन्ध, अव्यवस्थित रूपमा भएको प्लटिङलाई करको दायरामा ल्याउन सुझाव दिइएको छ । नेकपा वराहक्षेत्रले नगरको नीति तथा कार्यक्रममा कोशी बाढीपीडित, सुकुम्बासी, ऐलानी समस्या समाधानमा हालसम्म स्थानीय सरकारको तर्फबाट भएका उपलब्धीलाई सार्वजनिकीकरण गरी समाधानका लागि प्रदेश र संघीय सरकारसँग पहल जारी राख्न सुझाएको छ ।
यस्तै कोशीटप्पु आसपासका वडामा जंगली जनावारबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र श्रीलंका टप्पुमा बसोबास गरेका स्थानीयलाई केन्द्रित गरी एकीकृत योजना बनाउन सुझाव दिएको छ ।
गठित कार्यदलले क्षेत्रगत नीति तथा कार्यक्रममा समावेश गर्नै पर्ने विषयलाई प्रतिवेदन मार्फत् सुझावका रुपमा प्रस्तुत गरेको छ । जसमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, धार्मिक क्षेत्र वन पर्यटन, सामाजिक क्षेत्र, सूचना सञ्चार र प्रकाशन, कला, साहित्य, भौतिक निर्माण, खानेपानी तथा सरसफाइ, सुशासनलगायतका क्षेत्र छन् ।
सुझावमा चक्रघट्टीस्थित स्वास्थ्य चौकी र वराहक्षेत्र नगर अस्पताललाई समायोजन गर्नेदेखि, आयुर्वेदिक विश्वविद्यालयको स्थापनामा बजेट विनियोजन गर्ने, ‘राहतका लागि रोजगार’ कार्यक्रम सञ्चालन गर्ने, घुम्ती नगर बस सञ्चालन गर्ने, जेटबोटलाई एकद्वार प्रणालीअन्तर्गत सञ्चालन गर्ने, सडक स्तरोन्नति गर्ने, सुशासनलाई प्रभावकारी बनाउने लगायतका सुझाव समेटिएका छन् ।
गठित कार्यदल नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य तथा वराहक्षेत्र नगर सहइञ्चार्ज पुष्प ढुंगानाको संयोजकत्वमा ८ सदस्यीय रहेको थियो । सदस्यहरुमा वराहक्षेत्र नगर प्रमुख निलम खनाल, उपप्रमुख कमला मगर, नेकपा वराहक्षेत्र अध्यक्ष कमल कट्वाल, सचिव गजेन्द्र थापा, सदस्य माधव तिम्सिना, वडाध्यक्ष फडिन्द्र भट्टराई र दीपक लिम्बू रहेका थिए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]