स्वरोजगार बनाउन संखुवासभाको गाउँगाउँ सिपमुलक तालिम

  • असार ९, २०७७ / "नेपाल रेखा"
alt

संखुवासभा । विपन्न तथा गरिबीको रेखा मुनि रहेका दलित, जनजाति, महिला, युवा तथा आर्थिक रुपले पिछडीएका बर्गलाई स्वरोजगार बनाई आत्म निर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइरहेको छ । संखुवासभा घरेलु तथा साना उद्योग कार्यालयले सेवा प्रदायक संस्था छनौट गरि लघुIMG_05 उद्यम विकास कार्यक्रम अन्तर्गत सहयोगी संस्था नेपालले अहिले जिल्लाका पाँच स्थानीय तहमा सिपमुलक तालिम संचालन गरिहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सहयोग तथा सहयोगी संस्था नेपालको आयोजनामा सभापोखरी गाउँपालिकामा नयाँ उद्यमी सिर्जनातर्फ–२० जनालाई सिपमुलक तालिम दिएको छ । सभापोखरीका न्यून आय भएका परिवार छनौट गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर–१ मा १० जना उद्यमीलाई ४५ दिन बाँसको मुढा बनाउने तालिम दिइसकेको छ । उनीहरुलाई सहयोगी संस्था नेपालले स्थानीय उत्पादनबाट स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवन यापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम सिकाइएको सहयोगी संस्था निर्देशक दीपक कार्कीले बताए ।
त्यस्तै वडा नम्बर–२ का १० जनालाई ब्यवसायिक तरकारी खेती तालिम दिइएको छ । सिपमुलक तालिमले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याएर विपन्न बर्गको जिवनस्तर उकास्न सहज हुने आयोजकको भनाइ छ । लघु उद्यमको माध्यमबाट रोजगारी दिई उत्पादित सामग्रीलाई बजारसम्म पु¥याउने लक्षका साथ सहयोगि संस्थाले देशभरका २३ जिल्लामा स्वरोजगार लघु उद्यम कार्यक्रम संचालन गरिएको निर्देशक कार्कीले बताए । न्यून आयलाई मध्यनजर गर्दे ग्रामिण भेगका स्थानीयको उत्पादनलाई बजारसम्म पु¥याउन सहजिकरण समेत गर्ने संस्थाले जनाएको छ ।
सहयोगि संस्थाले पाँचखपन नगरपालिका–८ र IMG_044९ वडामा ३० जना नयाँ उद्यमीलाई सिपमुलक तालिम संचालन गरिहेको सहयोगि संस्थाका संखुवासभा शाखाकी कार्यक्रम संयोजक वसन्तकुमारी राईले जानकारी दिएकी छन् । पाँचखपन–९ मा १६ जनालाई मौरीपालन, १० जनालाई सिलाई कटाई –९ जनालाई तालिम दिइरहेको उनले बताएकी छन् । मादी नगरपालिकामा फर्निचरमा –१२ गरगहना बनाउनेमा –१२ जनाई सिपमुलक तालिम दिइएको छ । चनैपुर नगरपालिकामा–१२ जनालाई सिलाई कटाई, गरगहना बनाउने–१२ र ७ जनालाई ब्यवसायिक तरकारी उत्पादन तालिम दिएको उनको भनाइ छ । त्यस्तै धर्मदेवी नगरपालिकामा–१२ जनालाई सिलाई कटाई, ९ जनालाई ब्यूटी पार्लर र १२ जनालाई ब्यवसायिक तरकारी खेती दिएको कार्यक्रम संयोजक राईले बताइन् ।
सभापोखरी गाउँपालिकामा भएको लघु उद्यमी तालिम अनुगमनमा तथा समापन गरेको छ । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, समन्वय अधिकारी शेmudaखरबाबु कार्की र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद दाहाल, सामुदायिक बन उपभोक्ता महासंघकी अध्यक्ष लक्ष्मी चापाँगाई र सहयोगि संस्था निर्देशक दीपक कार्की सहितको टोलीले लघु उद्यम विकास कार्यक्रम संचालन भएका स्थानको स्थलगत अनुगमन गरेको हो ।
लघु उद्यम विकास कार्यक्रम सेवा प्रदायक संस्था छनौट पछि प्रत्येक गाउँपालिका तथा नगरपालिकाका जनप्रनिधिहरुको भेलाबाट पिछडिएको वडा छनौट गरि संचालन गरिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले अन्तरक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रमा दिइएको तालिमले स्थानीय उत्पादन बढ्ने र उद्यमीहरु स्वरोजगार हुनलाई सहयोग पुग्ने बताए । स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई बजारसम्म पुरयाउने सहयोगि संस्थाका निर्देशक कार्कीले बताए । तालिममा सहभागिहरुले लिएको सीप उद्योग दर्ता गरि प्रयोग ल्याउने घरेलु तथा साना उद्योग समितिका प्रमुख दाहाले बताए । ग्रामीण क्षेत्र र पिछडिएको क्षेत्रमा संचालन गरि उद्यमी सिर्जना गर्ने यो कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ । तालिममा सिकेका सिपको दैनिक उपयोगमा ल्याए उद्यमीसँगै स्वरोजगार बनाउने उनले बताए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]