लुकीछिपी आउने क्रम रोकिएन, बराहक्षेत्र आइपुगेका युवालाई क्वारेन्टाइन पठाइयो, कोही झुम्का, सुन्दरहरैंचा र सप्तरी ओर्लिए

  • जेठ ३०, २०७७ / "नेपाल रेखा"
alt

अच्युत भट्टराई
बराहक्षेत्र । भारतबाट सिधै घर आइपुगेका सुनसरीको बराहक्षेत्र–४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ ।
भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउछन् । उनले भने–‘कसैले खोजी खबर गरेन, घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनी संगै आएकामध्ये २ जना सप्तरीमा छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दरहरैचा गएका छन् ।
यसरी अव्यवस्थित रुपमा घरमै आइपुग्दा सुरक्षा ब्यबस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताए । उनले भने मैले सिडियो साब लगायत माथिल्लो निकायमा खबर गरिसकेको छु यसरी मान्छे किन छोडियो
ती युवकलाई वडा अध्यक्षको उपस्थितिमा एम्बुलेन्सबाट बराहक्षेत्र ३ को महेन्द्र माबिमा रहेको क्वारेन्टाइनमा पठाइएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]