प्राकृतिक सम्वेग र समवेदनाका रुपमा आएको नोवल कोरोना भाइरसले मानव र प्रकृतिका विचमा यथोचित सम्बन्ध गाँस्न सकेन । चिनको उहानबाट परिचित हुँदै आएको कोरोना भाइरस कोभिड–१९ ले संसारकै ठूलो औद्योगिक मुलुक चिनलाई आक्रान्त बनायो । चिन र चिनको राज्य सत्ताले तत्कालै उक्त भाइरसको बैज्ञानिक परिक्षण र निदान विधिको उपयुक्त प्रयोगका कारण करिव २ महिनाको अवधिमा भयावह रुपमा फैलिएको कोभिड–१९ लाई नियन्त्रणमा लिन सफल भयो । औद्योगिक राष्ट्र भएकाले चिनमा आवतजावत गर्ने पर्यटक वा चिनवाट बाहिरीने चिनीयाँ नागरिकबाटै कोरोना भाइरस चिनको भूगोल नाघ्न सफल भयो । अपरिचित भाइरस भएका कारणले संक्रमण भएका नयाँ मुलुकहरुमा उक्त भाइरसको परिचय प्राप्त गर्न र व्यवस्थापन गर्न निक्कै समय लाग्यो । वस्तुतः नेपालमा पनि विविध मुलुकहरुबाट कोरोना भाइरस प्लेन तथा भूधरातलको माध्यमबाटबाट नेपालको सीमाभित्र प्रवेश ग¥यो । आज नेपाल कोभिड–१९ बाट आक्रान्त अवस्थामा छ ।
गत चैत्र ११ गते देखि नेपाल सरकारले पनि विश्वव्यापी रुपमा चलि आएको निदानको एक मात्र सजिलो उपाय लकडाउनलाई प्रमुख आधार मान्दै झण्डै ३ महिना स्वास्थ्यदेखि बाहेकका सवै नागरिक जीवनहरु सिथिल भए । त्यसैले कार्यात्मक छैनन् । नेपालले लामो लकडाउन अवलम्बन ग¥यो तर पनि संक्रमणको दर घटेको छैन । संक्रामक रोगका विशेषज्ञ र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम कोरोना सम्बद्ध स्वास्थ्य सेवा भरपर्दो नभएको कुरा नागरिक जीवनमा चर्चाको विषय वस्तु बनेको छ । जनताले सरकारको सर्वोपरिता अपरिहार्य ठाने तर आफै जोगीनु पर्छ, कोभिड–१९ संग सम्बन्धित नियमहरु पालना गर्नु पर्छ भन्ने स्वास्थ्य निर्देशनहरु पूर्ण परिपालना भएको देखिएन भने गरिव मानिसहरु, मजदुरहरु, साना व्यापारीहरु, थुनिएर बसेका मानिसहरु, असहायहरु, शारीरिक दुर्वलता भएकाहरु, एकल महिलाहरु, जेष्ठ नागरिकहरु आदीको जीवन कष्टकर नै देखीयो । सरकारी राहत भोक टार्ने विषय वस्तु बन्न सकेन, यति खेर स्थानीय सरकारले भरपर्दो नागरिक जिम्मेवारी लिन सकेन भन्ने गुनासो सर्वत्र छ । तर पनि सानो आर्थिक अवस्था, उच्च सतर्कताको अभाव, दिगो र भरपर्दो व्यवस्थापनको कमी र नागरिक जिम्मेवारका कारण सामाजिक जीवनमा नसोचेको बद्लाव आएको छ । यस समयमा धेरै मानिसहरुले आत्महत्या गरेका छन्, सामाजिक साँस्कृतिक कामहरु ठप्प नै रहे । विवाह बटुलो, बर्खान्त, आसोच, सुध्याई कर्म, न्वारान, साना भोजभतेर र खुसीयालीहरु अपहरणमा परे जस्तो भयो । यस्तो यथास्थितिमा नागरिक जीवन राख्नु उचित हुँदैन भन्ने भनाई सर्बत्र रहेको पाइन्छ ।
नेपाल जस्तै कोभिड–१९ बाट आक्रान्त भएका विश्वका धेरै मुलुकहरुले बचाउका फकर फरक उपाय साथ लकडाउन खुकुलो पार्दै गएका छन् । किसानहरु खेत फर्केका छन्, उद्योगहरु संचालनमा आएका छन्, घर आएका मजदुरहरु औद्योगिक प्रतिष्ठानमा फर्किने तरखरमा छन् । साना व्यापार व्यवसाय गर्नेहरु व्यवसाय सूचारु गर्न तत्पर छन्, कृषि उपज बजारमा आउन नसकेकका कारण किसानहरको आर्थिक चक्र बिग्रिएको छ । भने व्यापारीहरुको पनि आर्थिक चक्र निक्कै प्रभावित भएको छ । उपभोग्य सामानहरुको उपभोग मिति समाप्त भएकोले प्mयाक्नु पर्ने अवस्था छ । डेरा भाडा धेरै भयो भनि घर धनीले भाडावाललाई कच कच गर्न थाले भन्ने भनाई छ । स्वरोजगार तय भएका साना सवारी धनीहरु मर्महात बनेका छन् भने बैंकको लगानी भएकाहरु आकास्मिक आर्थिक चपेटामा परेका छन् । यस्तो अवस्थामा समाजबाद उन्मुख लोककल्याणकारी सरकार अर्कमन्यतामा परेजस्तो देखिन्छ । नागरिक जीवन व्यवस्थित हुन लामो समय लाग्ने पक्का छ, सरकार यी सबै समस्याको मुकदर्शकमात्र हो । त्यसैले कोभिड–१९ का लागि अन्य भरपर्दा बैकल्पिक उपायका साथ नागरिक जीवन सुचारु गर्नु पर्छ ।