क्वीक रेस्क्यु टिमद्वारा स्वास्थ्य सामाग्री प्रदान

  • जेठ २४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । क्वीक रेस्क्यु टिम नेपालले कोरोना संक्रमण नफैलियोस् भनेर स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मी तथा अत्यावश्यक काममा खटिने कर्मचारीहरुका लागि पिपिई लगायतका सामाग्रीहरु उपलव्ध गराउन थालेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिमको समयमा समेत कार्य क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई क्वीक रेस्क्यु टिम नेपालले पिपिई र मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलव्ध गराउने कार्य थालेको हो ।
कर्मचारी तथा सुरक्षाकर्मीहरु समेत कार्य क्षेत्रमा खटिदा जोखिममा पर्ने तर्फ मध्यनजर गर्दै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पाँच थान पिपिई, इलाका प्रहरी कार्यालय इटहरीलाई २५÷२५ थान एन ९५ मास्क र ग्लोब वितरण गरेको टिमका अध्यक्ष विक्रम वर्णवासले जानकारी दिनु भएको छ । उहाँले विश्वमा फैलिरहेको कोरोना कोभिड–१९ को प्रभाव सुनसरीमा समेत परेको अवस्थामा स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गर्न थालेको बताउनु भयो । अरु पनि थप गरेर वितरण गर्ने योजना समेत बनाएको उहाँले जानकारी दिनु भयो ।
विपदका समयमा उद्धार तथा राहत वितरण जस्ता सामाजिक कार्य गर्दै आएको क्वीक रेस्क्यु टिमले लकडाउनका कारण दैनिक जीविका चलाउन समस्या पर्दै आएका इटहरी क्षेत्रका १६ परिवारलाई प्रति परिवार २ हजारका दरले ग्याँस र तरकारीका लागि भनेर सहयोग समेत गरेको जनाइएको छ । यस अघि पनि क्वीक रेस्क्यु टिमले विभिन्न ठाउँमा लकडाउनका कारण दैनिक काममा जान नपाएर समस्या झेल्दै आएका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न लगायतको राहत वितरण गर्दै आएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]