इटहरी । इटहरी वडा नम्वर १४ र १५ का जनताका लागि खानेपानी आयोजनाको शिल्यान्यास भएपछि स्थानीय खुशि भएका छन् ।
शुक्रबार विहान इटहरी १४ प्रगति चौकमा इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले आयोजनाको शिल्यान्यास गर्नुभयो । टयुवेलवाटै खानेपानी उपभोग गर्दै आएका सो क्षेत्रका जनताको शुद्ध खानेपानी उपभोग गर्न पाउने सपना पूरा हुने भएको भन्दै हर्षित भएका हुन् ।
सो आयोजनावाट दुईवडाका करिव १५ हजार वासिन्दाले शुद्धखानेपानी खान पाउने मेयर चौधरीले बताउनुभयो । पहिलो चरणमा ट्याँकी निर्माण गरेर दोश्रो चरणमा पानी सप्लाईको काम अघि बढ्ने छ ।
इटहरी उपमहानगरको माग र पहलमा संघीय खानेपानी मन्त्रालयको सो आयोजना खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय विराटनगरले अघि वढाउने उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । इटहरी उपमहानगरले सवै वडामा शुद्ध खानेपानी पुर्याउने लक्ष्य लिएको छ ।