रुकुम घटनामा मारिएकाहरुप्रति श्रद्धान्जली सभा आयोजना

  • जेठ २१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीका दलित अधिकारकर्मी साथै सामाजिक अभियन्ताहरुले रुकुम हत्याकाण्डमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
वुधबार साँझ अधिकारकर्मी तथा अभियन्ताहरुले इटहरी चोकमा श्रद्धाञ्जली सभा गर्नुका साथै दीप प्रज्वलन गरी उनीहरुप्रति श्रद्धाञ्जली दिए । यही जेठ १० गते जाजरकोटबाट आफ्नी प्रेमिका भेट्न रुकुम पुगेका नवराज विक र उनका साथीहरुलाई गाउँलेले आक्रमण गरी हत्या गरेका थिए । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन देशभरका दलितहरु आन्दोलित भएका छन् ।
देश जातीय छुवाछुतमुक्त भएकै दिन सुनसरीको इटहरसहित, धरान र इनरुवामा उनीहरुप्रति श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
इटहरीको सभालाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पदम अधिकारी र अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सपना परियारले सम्बोधन गरेका थिए । उनीहरुले देशमा छुवाछुत तथा जातीय भेदभावको अन्त्य हुनु पर्ने माग गरे । साथै रुकुम हत्याकाण्डका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए । अब दिनहुजसो यस्ता आन्दोलन र अभियानहरु संचालन गरिने दलित अधिकारकर्मी अमर बराइलीले बताए । साथै दलित अधिकारकर्मी एवम् साथी फाउण्डेशनकी अध्यक्ष शान्ति गजमेरले रुकुम हत्याकाण्डाको प्रतिरोधस्वरुप इटहरीमा दैनिक रुपमा आन्दोलन हुने बताइन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]