इटहरीको जनजीवन सहज बनाइदै

  • जेठ २१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सहज बनाइदै लाने निर्णय गरिएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय बाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।
लकडाउन बन्दाबन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार ब्यवसाय ठप्प भएको हुँदा दैनिक जनजीवन कष्टकर हुदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागि बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लकडाउनका बेला खोल्न नपाइने तोकेर अन्य ब्यापार ब्यवसाय प्रतिष्ठान विहान १० वजे सम्म खोल्ने निर्णय गरेको हो । क्याम्पस, विद्यालय लगायतका सवै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, खाद्यवस्तु विक्रि गर्ने ब्यवसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फन पार्क लगायतका सार्वजनिक स्थलहरु वन्द नै रहने निर्णय गरेको छ ।
यस्तै रंगशाला, खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल जिमखाना, फिटनेट सेन्टर, डान्स सेन्टर, शैलुन र ब्युटीपार्लरहरु, होटल, बार रेष्टुरेण्टहरु बन्द रहने छन् ।
सार्वजनिक जमघट, धार्मिक स्थलहरु, मन्दिर, गुम्बा, मश्जिद, चर्च गुरुद्वार लगायतमा हुने भेला एवं धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्न पाइने छैन ।
स्थानीय प्रशासनबाट पास पाएका बाहेकका सवै प्रकारका यात्रुवाहक सवारी साधनहरु समेत संचालन गर्न पाइने छैन । यी बाहेकका अन्य ब्यापार ब्यवसाय विहान १० वजेसम्म संचालन गर्न पाइने छ । जोखिम अझै कायमै रहेका कारण सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर तोकिएको समयसम्म मात्र ब्यापार ब्यवसाय संचालन गर्न इटहरी उपमहानगरले अनुरोध गरेको छ ।
त्यसैगरी, इटहरी उपमहानगरले बर्षा याम सुरु हुनै लाग्दा बाटो मर्मतको कार्य सुरु गर्ने भएको छ ।
बिहीवारदेखि वाटो मर्मत ग्राभेल गर्न वडाहरुमा मिक्सगिटि पठाइने भएको छ । त्यसका लागि खोलामा आफै डोजर चलाएर मेयर द्वारिकलाल चौधरीले सेराखोलाबाट कामको सुरुवात गर्नुभयो । वडाध्यक्षहरुलाई खोलामा निगरानीका लागि बस्न मेयर चौधरीले आग्रह गर्नुभएको छ । मिक्सगिटि ल्याउन टिपर गाडीको ब्ववस्था वडा आफैले गर्नुपर्ने मेयर चौधरीले बताउनुभयो ।
साथै इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले इटहरी स्थित माँया घरका लागि अत्यावश्यक विभिन्न समाग्रीहरु उपलब्ध गराउनुभएको छ । आलु, प्याज, सब्जि, सावुन, चिनी, चियापत्ती लगायतका अत्यावसक समाग्री उपलब्ध गराउनुभएको हो । लकडाउनले समस्या भइरहेको बेला उपमेयरले माँया घरलाई विभिन्न अत्यावश्यक समाग्री उपलब्ध गराउदै आउनुभएको मायाँ घरकी सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । समस्या परिरहेको बेला अति आवश्यक समानका साथ उहाँ आइपुग्दा माया घरमा रहेकाहरु खुशी हुने गरेको प्याकुरेलले बताउनुभयो । माँया घरमा सडकमा अलपत्र परेका लगायत मानसिक समस्या रहेका ५१ जना रहेको सचिव प्याकुरेलले जानकारी दिनुभयो । विभिन्न सहयोगीहरु सँग हातपदाताहरु वाट सहयोग लिएर समस्यामा परेका ठाँउहरुमा सहयोग पुरयाएको उपमेयर गौतमले बताउनुभयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]