बेलबारीका दलितले पनि नगरपालिकालाई ज्ञापनपत्र बुझाए

  • जेठ १९, २०७७ / "नेपाल रेखा"
alt

बेलबारीं । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन तथा दोषीलाई कारवाहीको माग गर्दै दलित वर्ग उत्थान समिति बेलवारीले मोरङको बेलबारी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
लकडाउनको समयमा समेत दलित वर्ग उत्थान समिति बेलबारीले सो घटनामा संलग्न दोषीहरुलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन माग सहितको ज्ञापन पत्र बुझाएको हो ।
दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष हरिबहादुर विश्वकर्मा र सचिव शान्तकुमार सुनारको हस्ताक्षर रहेको ज्ञापन पत्र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी साथै उप प्रमुख ढाकाकुमारी पराजुलीलाई बुझाइएको छ ।
सो ज्ञापन पत्रमा नेपालमा जातिय विभेद गर्न नपाइने कानून बनेपनि अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने निर्मम घटना घट्नु अत्यान्त निन्दनीय रहेको भन्दै नेपालको संविधान र कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गरिएको छ । त्यसै गरी पीडितलाई न्याय र सामाजिक सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुवेदीले सो घटनासंग जोडिएको घटनाको विषयको ज्ञापन पत्रले आफुहरुको पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै संघिय सरकारले यो घटनाकासंग जोडिएकाहरुलाई गम्भिर रुपमा छानविन गरी कारवाही गरोस् भन्ने पक्षमा आफुहरु समेत रहेको बताए । उनले सामाजिक सद्धभाव कायम गर्न समेत सबैलाई आग्रह समेत गरे । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा दलित वर्ग उत्थान समितिका उपाध्यक्ष राजन दर्नाल, बेलबारी नगरपालिका ३ का वडा सदस्य चन्द्र मंग्राती लगायातको सहभागिता रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]