झुम्का । बराहक्षेत्र वडा नम्बर ५ नयाँ टोलमा रहेको ग्रामथानको भवन सोमबार शिलान्यास गरिएको छ ।
सो भवन पाँच लाख रुपैया बजेटमा निर्माण कार्य शुरु गरिएको हो । सोमबार एक कार्यक्रम प्रदेश १ ख सभासद भीम आचार्यले निर्माण गरिने थानको भवन शिलान्यास गर्नु भयो । सो अवसरमा उहाँले मठ, मन्दिर ग्राम थान राष्ट्रको सम्पती रहेकोले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु भयो ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बिकास कोषको पाँच लाख रुपैयाँ बजेट र स्थानीयको सहयोगमा ग्रामाथान निर्माण शुरु भएको निर्माण मन्दिर निर्माण समितिका अध्यक्ष अधिकलाल चौधरीले जानकारी दिए ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल, वडा नम्बर–४ का वडाअध्यक्ष आसाराम चौधरी लगायतको सहभागीता रहेको थियो । थान निर्माण कार्य असाढ १५ गते भित्र सम्पन्न गरिने बताइएको छ ।