रोगप्रतिरोधक क्षमता वढाउन आयुर्वेदिक औषधी प्रदान

  • जेठ १५, २०७७ / "नेपाल रेखा"
alt

तेह्रथुम । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले सिंहवाहिनी विद्यालयको क्यारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई आयुर्वेदिक औषधी प्रदान गरेको छ ।
क्यारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई रोगप्रतिरोधक क्षमता वढाउने जडिबुटी जन्य आयुर्वेदिक औषधी प्रदान गरेको हो । केन्द्रले गुडुचीचुर्ण, अस्वगन्धाचुर्ण, च्यावनप्रास र जडिवुटि चिया प्रदान गरेको निमित्त कार्यालय प्रमुख अमिन्द्रकुमार पंडितले बताउनुभयो । स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोरोना रोकथामको लागि निर्देशित सामाजिक विकास मन्त्रालयको स्वस्थ जीवन कार्यक्रम अन्तरगत औषधिहरु वितरण गरिएको हो ।
उक्त औषधिले क्यारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई रोगप्रतिरोधक क्षमता वढाउने बरिष्ठ बैध सुनिलकुमार साहले वताउनुभयो । आयुर्वेदिक औषधिहरुले कुनै नकरात्मक प्रभाव नपर्ने र मानिसमा जिवाणु र विषाणु जन्य रोगहरुसँग लड्न सक्ने क्षमता बढाउने पनि वरिष्ठ वैध साहले बताउनुभयो । क्यारेन्टाईनमा रहेका २० जनालाई जडिवुटि जन्य चिया पनि प्रत्येक दिन प्रदान गर्ने केन्द्रले जनाएको छ । यो लकडाउनको समयमा जेष्ठ नागरिक, गर्भावस्थाका र सुत्केरी महिलालाई विषेस ग्राहयता दिई अरु सर्वसाधारणलाई पनि कोरोना रोगथामको लागि आयुर्वेदिक औषधी प्रदान गरिरहेको कार्यालयले जनाएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]